त्रिशुली नदीमा बोलेरो खस्दा चालकको मृत्यु

प्रकाशित मिति: 2017-03-22
केदार शर्मा, रेडियो अर्पण, चितवन

चितवनको दारेचोकस्थित कुरिनघाट नजिकै बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरोलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा बोलेरो त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

बिहान करिब २ बजेतिर साबिक दारेचोक–७ कुरिनघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर – १८ का २२ वर्षीय सुरज पोखरेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको बिचार