सरकारको पहिलो निःशुल्क घुम्ती स्वास्थ्य शिविर

पिछडिएका तथा विपन्न महिलालाई प्राथमिकता

प्रकाशित मिति: 2017-03-22

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको समन्वयमा रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर’ सञ्चालनमा स्वास्थ्य जाँच गराउन आउनेको भिड लागेको छ । 

स्वास्थ्य शिविर नेपालको तराई भू–भागस्थित पिछडिएका, विपन्न र स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका विशेष गरी महिला वर्गलाई लक्षित गरि सञ्चालन गरिएको हो । 

सोही क्रममा जिल्ला अस्पताल रौतहटमा उपचार हुन नसकी वीरगञ्जस्थित क्षेत्रिय अस्पताल रिफर गर्न लागिएकी रौतहट करकच कर्मैया २ निवासी ३५ की सुखिया देवी साहको नेपाली सेनाबाट खट्टिएका चिकित्सकहरुले सल्यक्रिया गरी नवजात शिशुको जन्म गराएका छन् । 

यस प्रकारको कार्यबाट गैह्र सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुको साथै  स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरीक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाको छ । 

स्वास्थ्य शिविर कार्यक्रमको पहिलो दिन हिजो नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापा, मध्य पृतनाका पृतनापति, रथीवृन्द, स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, अन्य सुरक्षा निकायका प्रमुखहरु, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी लगायत स्थानीय सञ्चारकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।  हिजो शुरु भएको शिविर चैत १४ गतेसम्म चल्नेछ । 

तपाईंको बिचार