आइसिसी विश्व क्रिकेट लिग: नेपालले पायो १५६ रनको लक्ष्य

नेपालको ब्याटिङ शुरु

प्रकाशित मिति: 2017-03-13

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत आज भइरहेको खेलमा केन्याले नेपाललाई एकसय ५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन बनाएपछि नेपालले एकसय ५६ रनको लक्ष्य पाएको हो । अब नेपालले केही बेरमा ब्याटिङ गर्नेछ । 
नेपालका खेलाडीहरु शरद भेषावकरले तीन तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिन सफल भएका थिए ।

यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन मात्र बनाउन सके ।  
अस्ति भएको पहिलो खेलमा केन्यासँग ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले आज दोस्रो खेल केन्यासँगै खेलेको हो ।

आज पनि नेपाली ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलिरहेको छ । कप्तान पारस खड्का स्वास्थ्यका कारण खेल्न सकेका छैनन् । 

 

तपाईंको बिचार