बाबुराम नेतृत्वको नयाँ शक्ति फुटको संघारमा

५ सय केन्द्रीय सदस्यको छुट्टै भेला हुदै

प्रकाशित मिति: 2017-03-04

काठमाण्डु । बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति नेपाल फुटको संघारमा पुगेको छ ।  पार्टी बिचार नै नमिल्ने संघिय समाजवादी फोरम नेपालसंग मिल्न लागेको, जातिय आन्दोलनमा सरिक हुन थालेको, पार्टीमा फरक मत राख्नेको सम्मान नभएको र भारतलाई हेर्ने दृष्टिकोण प्रष्ट नभएको भन्दै केही केन्द्रीय सदस्यले पार्टी नेतृत्व विरुद्ध छुट्टै भेला बोलाएका छन् ।

नयाँ शक्ति पार्टी निर्माण हुदा राजनीतिक क्रान्ति सकिएको र अब आर्थिक क्रान्ति सुरु गर्ने भनिए पनि नेतृत्व अहिले फेरि राजनीतिक आन्दोलनमा लागेकाले आफूहरुलाई चित्त नबुझेको केन्द्रीय सदस्य निर्मल भट्राईले सीआइएनलाई जानकारी दिनुभयो । 

भट्राईका अनुसार ५ सय केन्द्रीय सदस्यले आँउदो २६ गते काठमाडौमा छ्ट्टै भेला बोलाएका छन् । अहिलेसम्म पार्टी संयोजक भट्राईले आफूहरुको मागमा चासो नदेखाएको र अब पनि नदेखाए पार्टी छोड्ने चेतावनि उनीहरुले दिएका छन् । पछिल्लो पटक संघिय समाजवादी फोरमसंग पार्टी एकीककरण गर्ने विषयलाई लिएर नयाँ शक्तिमा विवाद सुरु भएको हो ।  

 

तपाईंको बिचार