१५ जिल्लामा आज पोलियो थोपा कार्यक्रम

५ वर्ष मुनिका बालबालिकालाई थोपा खुवाउनुपर्ने

प्रकाशित मिति: 2017-03-04

विभिन्न १५ जिल्लामा आज र भोलि बालबालिकालाई पोलियो थोपा खुवाईदै छ । ५ वर्ष मुनिका तराईका १२ र काठमाडौै उपत्यकाका ३ सहित १५ जिल्लाका बालबालिकालाई आज पोलियो खुवाउन लागिएको हो ।

कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

यसअघि फागुन पहिलो साता पोलियो थोपा खुवाउने कार्यक्रम तय भए पनि स्वास्थ्यकर्मीहरुका अवरोधका कारण रोकिएको थियो ।

आज र भोली पोलियो खुवाईने जिल्लाहरुमा केही स्वास्थ्यकर्मीहरुले अवरोध गर्ने तयारी गरेकोलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइदिन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

स्वास्थ्य संस्थाहरुको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सुचारु गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले हिजो नै गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले पनि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियो लगायत नागरिकहरुले पाउने सवै स्वास्थ्य सेवालाई सुचारु गर्न आह्वान गर्नुभएको छ ।

संसारबाट उन्मुलन हुन लागेको पोलियो थोपा खुवाउन तोकेको मितिमा स्वास्थ्यकर्मीहरुले स्वतस्फूर्त रुपमा उपस्थित हुन मन्त्रालयले निर्देशन पनि दिएको छ । 

 

तपाईंको बिचार