कालीकोटका एकल महिलाहरु सामुहिक सिलाइ कटाइमा

समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै

प्रकाशित मिति: 2017-02-19

नन्दकृष्ण अधिकारी, रेडियो चंखेली, कालिकोट

कालीकोट जिल्लाका एकल महिलाहरुले सिलाई कटाई सिप सिकेर आफ्नो जीवन गुजारा गर्न थालेका छन । एकल भएपछि समाजमा बेसाहारा हुने गरेका उनीहरुले मान्म बजारमा रुममा सिलाई कटाई गर्न थालेका हुन् । 
कपडा सिलाउने ५ वटा मेसिन संघसंस्थाको सहयोगमा पाएपछि अहिले पाँच जना एक महिलाहरुले सिलाई कटाइको काम गरी जीवन गुजारा गरिरहेका छन् ।
एकल महिला समुह कालीकोटका अध्यक्ष मान्म ५ की एकल महिला जुना सुनारले आफुले २०५३ सालमा सिलाई कटाई सिकेको भएपनि केहि महिना अघिदेखि मात्र व्यवसाय गर्न संभव भएको बताउनुभयो । 
बेरोजगार भएर घरमा बस्नुभन्दा सानो तिनो व्यवसायमा दुख गरेपछि घरपरिवारको खर्च जुटाउन सकिने भएको उहाँको भनाइ छ । 
त्यस्तै कर्णाली राजमार्गको सबैभन्दा ठुलो किट्टु बस दुर्घटनामा श्रीमान् धिर लुवारको मृत्यु भएपछि एक हुनुभएकी फुकोट ७ कि दर्र्पना तिरुवाले पनि सिलाई कटाईबाट दैनिक खर्च चलाउन सजिलो भएको बताउनुभयो । 
सामुहिक सिलाई कटाईमा कन्या शिला पाण्डे विक, कल्पना दर्जी पनि रहनु भएको छ । काम गर्न थालेपछि समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै गएको महसुस उनीहरुले गरेका छन् भने जीवन गुजारा चलाउन पनि सजिलो भएको छ ।
सरकारी तथा गैरसरकारी संस्थाहरुसँग उनीहरुले थप सीप सिक्ने अवसरको आशा पनि गरेका छन् ।

तपाईंको बिचार