रेडियो दिवसले जोड्यो मुसहर बस्तीमा सुचनाको पहुँच

मुसहर बस्तीलाई अकोराबको रेडियो

प्रकाशित मिति: 2017-02-13

काठमाण्डु । महोत्तरीको एकीकृत बस्ती निर्माणमा लागिरहेका मुसहर बस्तीलाई सामुदायिक रेडियो प्रसारक संघ अकोराबले रेडियो हस्तान्तरण गरेको छ । विश्व रेडियो दिवसमा भइरहेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो समुदायका प्रतिनिधि मन्जे  सदालाई रेडियो हस्तान्तरण गर्नुभएको हो । 

रेडियो ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्ने सदाले प्रधानमन्त्रीको हातबाट सिंगो समुदायकै लागि रेडियो ग्रहण गर्न पाउन अत्यन्त खुशी भएको बताउनुभयो । यस्तो महत्वपूर्ण कार्यका लागि पहिलो पटक काठमाडौं आउने मौका दिएको भन्दै अकोरबलाई पनि उहाँले धन्यवाद दिदैं आफू पहिलो पटक काठमाडौं आएको पनि सुनाउनुभयो ।फोटो : सुबास पन्त 

आफ्नो समुदायको अवस्था बताउँदै आर्थिक अवस्थाकै कारण कतिको पेट भोकै बिताउने गरेको र धेरै विद्यालय जानुपर्ने बालबालिका ढुंगामाटोसँग खेलिरहनु परेको बताउनुभयो । साथै आफ्नो लागि सरकारले केही सहयोग नगरेको गुनासो गर्दै धुर्मुस सुन्तली फाउन्डेसनले एकीकृत नमुना बस्ती बनाइदिएकोमा सरकार नै उनीहरु भएको पनि बताउनुभयो ।

जातिय आधारमा दलित र त्यसभित्र पनि मुसहर भएका कारण अहिलेसम्म पछाडि परेर बस्न बाध्य भएको भन्दै आफूहरुको लागि सहयोग गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण पनि गराउनुभयो । 

 

तपाईंको बिचार