सन्दर्भःरेडियो दिवस

सुदृढ लोकतन्त्र र बिकासमा पहरेदारी गर्न सामुदायिक रेडियो

प्रकाशित मिति: 2017-02-13

काठमाण्डु । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोहरुले समाज परिवर्तनका लागि खेलेको भूमिका उललेखनिय भएको बताउनुभएको छ ।  

लोकतन्त्रको स्थापना पछि खुलेका सामुदायिक रेडियाहरु पिछडिएका जाति तथा जनजातीहरुको साझा आवाज बन्दै गएको पनि उहाँले बताउनुभयो । 

छैठो विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष खतिवडाले संविधानमा रहेको संबैधानिक व्यवस्था अनुसार सरकारले पनि सामुदायिक रेडियोहरुको दिगो बिकासका लागि भूमिका खेल्न आग्रह गर्नुभयो । गााउ गाँउमा खुलेका सामसदायिक रेडियोहरुले समाजमा विद्यमान बिकृती र बिसंगतिहरु अन्त्य गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

अनेकौ चुनौति र संकटहरुको बिचबाट रेडियोहरुले जनताको सुसुचित हुन पाउने अधिकारको रक्षा गरेको उहाँको भनाई थियो । आधारभूत तहमा नागरिकको चेतना र अधिकारको लागि रेडियोहरुले खेलेको भूमिका प्रशंसनिय रहेको बताउदै उहाँले सुदृढ लोकतन्त्र र बिकासमा पहरेदारी गर्नका लागि रेडियोहरुले सधै सकारात्मक भूमिकाखेल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पिछडिएको समाजलाई डोहोर्याउदै जनतालाई सुसुचित गराउनु आफैमा चुनौति भएपनि सामुदायिक रेडियो सधैभरी जनताप्रति उत्तरदायि भएर काम गरिरहने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो । 

 

तपाईंको बिचार