वाल केन्द्रित विपद जोखिम न्युनिकरणमा रेडियोकर्मीको ध्यान

प्रकाशित मिति: 2017-02-02


चितवन । वाल केन्द्रित विपद जोखिम न्युनिकरणमा रेडियो कार्यक्रम केन्द्रित गर्ने रेडियोकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । यूनिसेफको  सहयोग, सामुदायिक रेडियो प्रसारक संघ अकोराबको आयोजना, सामुदायिक रेडियोको विश्वसंगठन अमार्क एसिया प्यासिफिकको संयोजन र उज्यालो मल्टिमिडियाको सहकार्यमा भएको तालिममा सहभागि रेडियोकर्मीहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।

भूकम्प, वाढी पहिरो, शितलहर, हुरी बतास, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट आउने विपदको जोखिममा नेपाल रहेकोले यसको बारेमा रेडियो कार्यक्रमलाई केन्द्रित गर्ने र मातृशिसु स्वास्थ्यका बारेमा सर्वसाधारणले बुझ्ने र व्याभार परिवर्तन गर्ने गरेर सञ्चार गर्ने उद्देश्यले ४ वटा संस्थाको सहकार्यमा नयाँ रेडियो नाटक र कार्यक्रम उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको युनिसेफको विकासका लागि सञ्चारका निर्देशक रुद्रजित दासले जानकारी दिनु भयो ।

दासले मानविय वानी व्यवहार परिवर्तनमा रेडियोले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले विपदका बेलापनि सकारात्मक सन्देश तरिकाले प्रवाह गर्न रेडियो पत्रकारलाई आग्रह गर्नुभयो । स्थानिय समुदायका सवालहरुलाई स्थानिय तहमै पुगेर उठाउने उद्देश्यले तालिम सञ्चालन गरेको सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटाले जानकारी दिनु भयो ।

देबकोटाले भुकम्पका समयमा रेडियोले खेलेको भूमिका प्रसंसनिय भएको स्मरण गर्दै आउदा दिनहरुमा पनि रेडियोले विपदका समयमा साथी जस्तै भूमिका निार्वह गर्नुपर्नेमा जोड दिनुभयो । 

अर्माक एसिया प्यासिफकका कार्यक्रम अधिकृत  प्रतिभा क्षेत्रीले सामुदायिक रेडियोले साच्चै समुदायका लागि काम गर्नुपर्ने भएकाले समुदायकै दुख सुखमा भिजेर समाचार तथा कार्यक्रम तयार पार्न आग्रह गर्नुभयो ।

सामुदायिक सुचना नेटवर्क सीआइएनका म्यानेजर  दीपक आचार्य, बरिष्ठ रेडियोकर्मी घमराज लुईटेल, उज्यालो मल्टिमिडियाका निर्देशक मन्टेश्वरीराज भण्डारी, युनिसफेका सञ्चार अधिकृत आस्मा श्रेष्ठले प्रशिक्षण दिनुभएको छ ।

खासगरि मातृशिशु मृत्युदर घटाउन तथा भैपरि आउने विपदको सामाना गर्दै कसरी समाचार संकलन तथा कार्यक्रम उत्पादन गर्न सकिन्छ भन्ने बारेमा छलफल जारी छ । 

तपाईंको बिचार