रेडियो दिदीबहिनीले भलिबल प्रतियोगिता गर्ने

राष्ट्रिस्तरका सबै टोलीले सहभागिता जनाउँदै

प्रकाशित मिति: 2017-01-26

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको 'प्रथम दिदीबहिनी कप महिला भलिबल' हुने भएको छ । 

राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदीबहिनीको सातौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता हुन लागेको हो । 
कुश्मा बजारमा हुन लागेको बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सवकै अवसरमा दिदीबहिनी कप भलिबल आगामी फागुन २४ देखि २८ गतेसम्म हुने आयोजकले जनाएको छ । 
पत्रकार सम्मेलनमा आयोजक रेडियोका अध्यक्ष तथा सांसद कल्पना चापागाईंले नेपालको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल खेल्न सकिने र महिलाहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहने छ । 
नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल
संघको प्राबिधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहने छ । 

प्रतियोगिताको विजेताले ट्रफी तथा नगद एकलाख रुपैयाँ पुरस्कार जित्नेछन् । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । 

यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत बिधातर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको खेल हेर्नको लागि दर्शकलाई ५० र ७५ रुपैयाको टिकट राखिएको छ । 

तपाईंको बिचार