गायक पन्नाकाजीको निधन

प्रकाशित मिति: 2017-01-25

काठमाडौं, माघ १२  गायक पन्नाकाजी शाक्यको आज बिहान आफ्नै घर टेकुमा निधन भएको छ ।

‘तिरिरी मुरली बज्यो वनैमा’, ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ ‘नौलाखे तारा’ लगायत गीत निकै लोकप्रिय छ भने आधुनिक, भजन, स्वेदशगान, लोकगीत र नेपाल भाषाका गरी चार सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।  

१९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिनु भएका गायक शाक्यले २००४ सालदेखि गीत गाउन शुरु गर्नुभएको थियो । 

२००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाउनु भएका शाक्यको पहिलो गीत २०१६ सालमा मात्र रेकर्ड भएको हो । उहाँले २०४० सालसम्म रेडियो नेपालमै काम गर्नुभएको थियो । 

उहाँका चार छोरा र एक छोरी छन् । दुई छोरा प्रवेशमान शाक्य र पवित्रमान शाक्य सांगितीक क्षेत्रमै हुनुहुन्छ । उहाँको आजै टेकु दोभानमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

 

तपाईंको बिचार