पटना बैठकको सूचनामाथि राजनीतिकरण भयोः एमाले उपाध्यक्ष रावल

प्रधानमन्त्रीले मधेसी मोर्चालाई उचालेको आरोप

प्रकाशित मिति: 2017-01-22

प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संसोधनको औचित्य तत्कालको अवस्थामा नभएको भन्दै सडकदेखि सदनसम्म संविधान संसोधन भन्दा पनि निर्वाचनमा जानुपर्नेमा जोड दिइरहेको छ । संविधान संसोधनको माग गर्दै आएको संयुक्त मधेसी मोर्चा र एमालेबीचको बुझाइ समानान्तर खालको भइरहेको बेला मोर्चाका केही नेताले पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई कारबाहीको माग पनि गरिरहेका छन् । नेता रावलले भारतको पटनामा नेपालको तराई भूभागबाट पहाडी समुदायलाई लखेट्ने बारेमा केही मधेसी मोर्चा,भूमीगत समूहका नेता र केही पत्रकारबीच बैठक बसेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।यसै विषयमा लिलप्रकाश चन्दले सीआईएनको स्टुडियोमा एमाले उपाध्यक्ष रावलसँ गर्नु भएको कुराकानीः

मधेसी मोर्चाले पछिल्लो समय भीम रावललाई कारबाही गर्न माग गरिराखेको रहेछ, तपाई के भन्नुहुन्छ ?

मैले राष्ट्रको हितमा आँच आउने एउटा खबर थाहा पाएर, यस बारेमा देशको प्रधानमन्त्री पुष्पकमल दाहाल जीलाई यस्तोयस्तो सुन्नमा आयो, तपाई प्रधानमन्त्री हुनुहुन्छ । यसको सोधखोज गर्नुस् भनेको हुनाले सत्यतथ्य खुल्छ भनेर उत्तेजित भएर भनेको होला । मैले सार्वजनिक रुपमा केही पनि भनेको छैन । 

तपाईले सुनेको र प्रधानमन्त्रीलाई सोधखोज गर्न भनेको विषय के हो ?

पुस १९ गतेका दिन भारतको पटनामा एउटा भेला भयो, त्यो भेलामा केही मधेसी मोर्चाका नेताहरु र तराईमा आफूलाई भूमिगत भन्ने दलका प्रमुख र केही पत्रकार त्यहाँ उपस्थित भएर अब तराईमा हिंसात्मक क्रियाकलाप गर्ने, त्यहाँबाट पहाडी समुदायका मानिसलाई लखेट्ने, उनीहरुको सम्पत्ति कब्जा गर्ने र बैशाख एक गतेदेखि अराजकता सिर्जना गर्ने भन्ने कुरा सुन्नमा आयो । मैले चिन्ताका साथ तपाई देशको प्रधानमन्त्री हुनुहुन्छ, राज्यका अवयवहरुमा तपाईको पकड छ, यो के हो भन्दिनुस्, हामीलाई कृपया भनेर मैले उहाँ (प्रधानमन्त्री) लाई सोधेको हो ।

सुन्नमा आएको कुरामा सत्यता छ भने सार्वजनिक रुपमा पनि चर्चा हुनुपर्ने  होइन र ?

हेर्नुस् कुनै पनि नागरिकले राष्ट्रको वेहितमा कुनै कुरा सुन्यो भने, सोध्ने कलाई ? यो देशको प्रधानमन्त्रीलाई होइन सोध्ने ? जस्ले शासन सञ्चालन गर्छ उसलाई सोध्ने होइन ? कि हामीले यस्तो सुनिउँ भनेर सडकमा जाने ? त्यसकारण मैले त जिम्मेवारीपूर्वक उहाँ नेपालकै प्रधानमन्त्री हो भन्ने ठानेर यस्तो सुन्नमा आयो प्रधानमन्त्री ज्यू, यो के हो ? तपाईले खोजेर हामीलाई बताउनुस्, किन भने हामीले त सुनेको कुरा हो, यसलाई पुष्टि गर्ने ठाउँमा तपाई हुनुहुन्छ भनेर मैले उहाँलाई भनेको थिएँ ।

यसबारेमा प्रधानमन्त्रीसँग कति चरणमा कुरा गर्नु भएको थियो ?

राष्ट्रपति कार्यालयमा भएको दलहरुको बैठकमा छोटकरीमा भने, त्यसको दुई दिनपछि उहाँले मलाई बालुवाटारमा बोलाउनुभयो, उहाँको र मेरो आमनेसामने कुरा भयो र उहाँले सम्पूर्ण सुरक्षा निकायसँग कुराकानी गरेर तपाईलाई भन्छु भन्नुभयो ।

तर मैले दुःखका साथ भन्नुपर्छ देशको प्रधानमन्त्रीको आचरण विपरित उहाँले मधेसी मोर्चाका नेताहरुलाई बैठक बोलाएर भीम रावलले तपाईहरुको बारेमा यसो भन्छ भनेर यसलाई राजनीतिकरण गर्नुभयो । कुनै पनि गोप्य सूचना थाहा पायो भने त्यो प्रधानमन्त्रीलाई नभनी के सडकमा भन्ने त ? मैले त जिम्मेवारीपूर्वक उहाँलाई भन्याथेँ । तर उहाँले मधेसी मोर्चाका नेताहरुलाई यो कुरा गरेर वल्याकमेलिङ गर्ने कोशिस गर्नुभयो, नेकपा एमालेको विरुद्धमा मधेसी मोर्चालाई उचाल्ने प्रयास गर्नुभयो ।

तपाईले सुनेको कुरामा सत्यता नहुन पनि त सक्छ नि ?

सीआईएन मार्फत म फेरि पनि भन्छु, जुन मैले जानकारी प्राप्त गरेको थिएँ, त्यो सारै भरपर्दो र अत्यन्त सम्वेदनशिल किसिमले प्राप्त गरेको हुनाले हाम्रै देशको प्रधानमन्त्री हो उहाँलाई भन्यो भने खोज्नुहोला, तथ्य पत्ता लगाउनुहोला र हामी विपक्षी दलकोतर्फबाट मेरो देशको प्रधानमन्त्री भनेर सम्मान गरेर यो सूचना दिएँ । उहाँले पनि मलाई बोलाएर तपाई विपक्षी दलको उपाध्यक्ष हुनुहुन्छ, यस्तोयस्तो रहेछ भनेर सत्य कुरा भन्नुहोला भनेको त, उहाँले मधेसी मोर्चालाई उचालेर भीम रावललाई कारबाही ।

मलाई हाँसो उठ्छ, म यहाँनेर भन्न चाहान्छु अलिकति समय दिनुहोला । सीके रावतले स्वतन्त्र मधेस बनाउने भनेर हिजोका दिनमा पनि बैठक गर्याछ । अघिल्लोचोटी कथित मुक्तिदिवस भनेर त्यहाँ पनि बैठक गरेको हामीले जानकारी पत्रपत्रिकाबाट प्राप्त गरेका छौँ । म रक्षामन्त्री हुँदाखेरी त्यतिबेला पनि यस्ता बिभिन्न कार्यक्रमका कुरा आएर म स्वयंले गृहमन्त्रीलाई जानकारी गराएको थिएँ, यो आजको कुरा मात्र होइन तर त्यतिबेला केही पनि गरिएन । मैले सेना कुदाउने कुरा आएन, त्यो नेपालको कानूनले दिदैन ।

अर्को कुरा नेपालको कानूनले कुनै पनि व्यक्तिले यो देश टुटाउँछु, फुटाउँछु भन्न पाउँदैन तर हामीले सुनेका छौँ, मधेसी मोर्चाका एक जना नेताले अहिले हाम्रो यति कुरा लिइहाल्ने, महाभारत पछि गर्ने भनेर सार्वजनिक रुपमा भनेका छन् राजेन्द्र महतो जीले, हामी सबैले सुनेका छौँ,सीके रावतको कुरा मैले गरिहाँले र मधेसी मोर्चाका केही नेताहरुले नेपालको कानून विपरित विदेशी दूतावावासमा गएर संविधानमा कहाँ संसोधन गर्ने, नेपालको राजनीति कसरी चलाउने अनि मैले त भनेको कुरामा पुष्टि भएन एक छिन् मानौं, हुन त प्रधानमन्त्रीले बोलाउनु भएको छैन मलाई ।

त्यसपछि सुरक्षा निकायसँग उहाँले के कुरा गर्नुभयो, जति मैले विश्वास गरेर उहाँलाई त्यो कुरा गरेको थिएँ, उहाँले मलाई बोलाएर ल सुरक्षा निकायसँग मैले बुझेँ, यस्तोयस्तो प्राप्त भयो उहाँले मलाई भन्नु भएको छैन । म यही ठाउँबाट चुनौति दिन चाहान्छु उहाँलाई, सुरक्षा निकायका मान्छे बोलाएर आमनेसामने मलाई कुरा गराउनुस् ।

तपाई पुष्टि गर्नुहुन्छ त्यहाँ ?

हैन मैले पुष्टि गर्ने होइन, सुरक्षा निकायले के भन्छ, म देशको जिम्मेवार व्यक्ति हो नि । मैले त उहाँलाई सूचना दिएँ, त्यो सूचनाको सम्बन्धमा सम्बन्धित निकायले के भन्छन् उहाँले त बोलाएर मलाई पहिले जानकारी गराउनु प¥यो नि मैले जानकारी दिएपछि उहाँले प्रचार गर्ने त होइन नि, देशको प्रधानमन्त्रीले त कारबाही गर्ने हो, यदि देशमाथि खतरा आछ भने ।

अनि देशमाथि त अफ्ठ्यो पो पर्न लाग्यो, यस्तोयस्तो सुनियो भन्दाखेरी मलाई कारबाही गर्ने भन्दा यहाँभन्दा हाँस्स्यास्पद र देशको लागि मान्छेले कुनै पनि बोल्ने आँट नगरोस्, कुनै कुरा देशको वेहितमा सुन्यो भने त्यो मुख खोल्ने आँट नगरोस् भनेर त्यो कुरालाई दमन गर्न खोज्ने यहाँभन्दा ठूलो षड्यन्त्र अरु के हुन सक्छ ।

संसद्मा टेवल भएको संविधान संसोधन प्रस्ताव पारित हुने त्रासले तपाईले मधेसी मोर्चालाई आक्षेप लगाउनका लागि पटनाको कुरा प्रचार गरेको रेन्त ?

यो आरोपको विषय होइन,यदि कोही मान्छे नेपाली हो, देशभक्त छ भने देशमाथि खतरा आएको कुरामा यस्तो गर्न मिल्दैन भनेर उसले बोल्दा आरोप हुन्छ भने त्यसो भए सबैको मुखमा पट्टि बाँध्नुप¥यो अनि के गर्नुपर्यो भने जसरी हामीले हाम्रो संविधान बनाउँदा नाकाबन्दी खायौँ नि, अनि उहाँहरुले जयजयकार गर्नुभयो, अनि हामीले जयजयकार गरेपछि त्यो बाठो होइन लाटो हुने भो, तर यो देश स्वाधीन र स्वतन्त्र हुनुपर्छ, नेपालीहरु आफ्नो बारेमा आफै निर्णय गर्न पाउँभन्दा बाटो भयो, नानाथरी भयो भन्ने यो हेनुर्स देशभक्तिपूर्ण भावनामाथि कसरी दमन गर्ने, कसरी चुप लगाउन सकिन्छ मान्छेलाई भनेर चलाइएको अभियान मात्र हो,तर मलाई विश्वास छ देशभक्त नेपालीहरु यस्तो अभियानबाट हच्किने छैनन्, मैले त हच्किने कुरै आउँदैन ।

कुराकानी सुन्नुहोस्ःhttps://soundcloud.com/user-687894481/int-bhim-rawol

तपाईंको बिचार