महिला हिंसा अन्त्यका लागि मन्त्री खड्काको योजना

‘क्वीक रेस्पोन्स टिम’ तत्काल बनाइने, ८० प्रतिशतका लागि केही न केही गरेरै जान्छु

प्रकाशित मिति: 2017-01-22

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले महिला हिंसा अन्त्यका लागि केही दिन भित्रै ‘क्वीक रेस्पोन्स टिम’ बनाउने बताउनु भएको छ ।

हिंसामा परेका महिलाहरुको तत्काल उद्धार र उपचारका लागि तत्काल खट्ने गरी सकेसम्म एक हप्ता भित्रै टिम बनाउने गरी आफूले पहिलो प्राथमिकतामा यो काम राखेको बताउनुभयो । 
यो मन्त्रालय आफूले रोजेको मन्त्रालय पाएको भन्दै मन्त्री खड्काले आफूले आधा जनसंख्या रहेका महिलाका साथै ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका गरी झण्डै ८० प्रतिशतको लागि गम्भीर भएर काम गर्ने बताउनुभयो । 

सपथ लिएको तेस्रो दिनसम्म आफूले ब्रिफिङ लिने र त्यहाँ भइरहेको कामको प्रक्रिया बुझिरहेको र आफूसँग भएका योजना केही दिनमै ल्याउने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सिंहदरबार भित्रैका मन्त्रालयहरु समेत महिलामैत्री छैनन्, कुनै पनि मन्त्रालयमा सानो बच्चा लिएर गए स्तनपान गराउने छुट्टै गराउने ९बे्रस्ट फिडिङ० कोठा छैन । सबै मन्त्रालयसँग समन्वय गरेर देशको मुख्य निकायलाई महिलामैत्री बनाउनेतर्फ लाग्नेछु ।’

संविधानअनुसार संवैधानिक भएको राष्ट्रिय महिला आयोगमा एकजना मात्र सदस्य रहेको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो त्यससम्बन्धी प्रक्रियालाई अघि बढाउने पनि बताउनुभएको छ । 

 

 

तपाईंको बिचार