कारबाही र प्रोत्साहनले लोडशेडिङ हट्योः उर्जामन्त्री(अडियोसहित)

वुटवल, चितवन लगायतका ठाउँबाट पनि लोडशेडिङ् चाँडै हटाइने

प्रकाशित मिति: 2017-01-12
तस्विरहरुःसुवास पन्त
तस्विरहरुःसुवास पन्त

लोडशेडिङ्सँग नेपाली नागरिक कतिसम्म अभ्यस्त भइसकेका छन् भने, केही समयअघिसम्म दैनिक १८ घण्टा लोडशेडिङ खेपिरहेका काठमाडौँ उपत्यकाबासी हिजोआज लोडशेडिङ् नभएकोमा अचम्म मानिरहेका छन् । विजुलीकाे चुहावट र कालोबजारी नियन्त्रण भएका कारण लोडशेडिङ् अन्त भएको भन्दै उर्जा मन्त्रालयले यो अभियानकै रुपमा पोखरा, लहान पूर्व र पश्चिमका क्षेत्रमा पनि सञ्चालन गर्ने रणनीति बनाएको छ । सिङ्गो मुलुकबाट नै लोडशेडिङ् अन्त गर्ने र जनतालाई उज्यालो दिने अभियानको घोषणा गर्नु भएका उर्जामन्त्री जनार्दन शर्मासँग लिलप्रकाश चन्दले सीआईएन स्टुडियोमा गर्नु भएको कुराकानी ः

'उज्यालो नेपाल' अभियान चलिरहेको बेला 'नेपालको पानी, जनताको लगानी ' अभियान पनि तपाईले सुरु गर्नुभयो, यी दुई अभियानबीच कस्तो सम्बन्ध छ ? 

उज्यालो नेपालको अभियान मैले अघि बढाएको छु । अहिलेको सरकार, प्रधानमन्त्रीको निर्देशमा उज्यालो नेपालको एउटा अभियान लोडसेडिङ्मुक्त गर्ने प्रक्रिया अघि बढेको छ । काठमाडौँ, पोखरा र बागलुङ्सम्मको क्षेत्र मुक्त भइसकेको छ र लहानदेखि पूर्वी भाग पनि लोडशेडिङ्मुक्त छ ।

अव केही भागहरु बाँकी छन् । ती बाँकी भूभागलाई पनि छिट्टै लोडशेडिङ्मुक्त गर्ने योजना र अभियान मैले चलाएको छु । कतिपय ठाउँमा सिस्टमका कारणले समस्या देखिएको छ । धैर्यतापूर्वक प्रतिक्षा गर्नका लागि म जनतासँग अनुरोध गर्न चाहान्छु । 

सँगसँगै दुईदिनअघि मात्र मैले नेपालको पानी जनताको लगानी कार्यक्रम अगाडि बढाउनका लागि वयवसाइट मार्फत प्रतिबद्धतापत्र भर्न आह्वान गरेको छु । यो राष्ट्र निर्माणको अभियान हो । यो राष्ट्रलाई बलियो बनाउने, आत्मनिर्भर बनाउने र जनतालाई पनि धनी बनाउने अभियान भएका कारणले यसमा पनि यहाँहरुको प्रत्यक्ष सहभागिता, सहयोगको अपेक्षा गर्दछु । 

मुलुकलाई नै लोडशेडिङ्मुक्त गर्ने अभियान तपाईले चलाउँदै गर्दा नेता र मन्त्री हुनु त जनार्दन शर्माजस्तो भनेर पनि सामाजिक सञ्जालहरुमा विश्लेषण भइरहेको छ, यस्तो सुन्दा, देख्दा तपाईलाई कस्तो लाग्छ ? 

मेरो आफ्नो क्षमता, मैले पाएको जिम्मेवारीलाई जनताको पक्षमा सदुपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो । कामहरुलाई चुनौति खडा गरेर गर्नुपर्छ भन्ने मेरो बानी छ । अहिलेको लोडशिङ्मुक्त गर्ने अभियान एउटा चुनौतिको रुपमा मैले आफैलाई खडा गरेको कुरा हो । मैले त्यही अनुसारको टिम निर्माण गरेको हुँ र मेरो छनौट पनि सही रहेछ भन्ने कुरा अहिलेको प्रतिक्रियाबाट म स्पष्ट छु, खुशी नै छु । 

लेडशेडिङ्मुक्त अभियान चलाउने बेलामा चुनौतिको कुरा गर्नुभयो, यो भनेको भौतिक, नैतिक वा अरु कुनै प्रकारको चुनौति आउँदा रहेछन् ? 

अरु चुनौतिसँग त मलाई त्यति सरोकार छैन । लोडशेडिङ् १८ घण्टा÷१६ घण्टा हुने देशमा लोडशेडिङ् अन्त्य गर्छु भनेर घोषणा गर्ने कुरा आफैमा चुनौतिपूर्ण कुरा हो नि, त्यसका लागि व्यवस्थापन गर्ने कुरा चुनौति त छ नि अहिले । त्यसकारणले जनतालाई मैले अनुरोध गरेको छु र साथ पनि पाएको छु ।

जनताले साथ दिएका कारण यो कुरा अघि बढेको छ । क्रमशः देशैभरी लोडशेडिङ् अन्त गर्ने योजना बनाएर त्यो कार्यान्वयनकै क्रममा छ । त्यसका लागि पावरको व्यवस्थापन गुपर्यो । विजुली नभइकन त लोडशेडिङ अन्त हुँदैन । त्यसको लागि हामीले बिभिन्न ढङ्गले उद्योगहरुलाई २० घण्टा विजुली दिएर पिक आवरमा एक खालको व्यवस्था अहिले गरिरहेका छौँ । 

दिउँसै देख्ने सपनाको रुपमा लिन्छन् कतिपयले लोडशेडिङ्मुक्त गर्ने कुरा, कतिपयले आवश्यकता भन्दा बढी जलविद्युत आयोजना चलाएर सरकारले लोडशेडिङ् कम गरेको भनेर सरकारकारको आलोचना पनि गरिरहेका छन् । वास्तविकता के हो ?

जनताप्रति इमान्दार भएर, दृढ इच्छाशक्तिकासाथ लागेको कारणले भएको हो । अरु केही पनि होइन, मेरो विशेष क्षमता भएर पनि होइन । मेरो एउटै दृष्टिकोण भनेको जनताप्रति उत्तरदायी हुनुपर्छ । यो जनताले दिएको पद् हो मलाई, म जनताको बाहेक अरु कुरा गर्नु हुँदैन भन्ने ठान्छु ।

इमान्दारीकासाथ जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने मान्यताकासाथ योजना बनाएँ, टिम बनाएँ, घोषणा गरेँ र काम पनि गरेँ । प्राधिकरण मातहका दसौँ हजार कर्मचारीलाई परिचालन गर्दाको प्रतिफल यो हो,अरु केही पनि होइन । 

अनावश्यक रुपमा गइराखेको विजुलीलाई व्यवस्थापन गरेर यो प्रतिफल आउन सम्भव भएको हो कि होइन ? 

हो, यो व्यवस्थापन मै मुख्य कुरा हो । व्यवस्थापनबाटै यो सम्भव भएको हो । व्यवस्थापनबाट तत्काल समस्या समाधान गर्ने, मान्छेहरु खटाउने र सम्भव भएसम्मका उपायबाट थप व्यवस्थापन गर्ने प्रक्रियाबाट यो सब भएको हो । 

बिजुली व्यवस्थापन गर्ने नाउँमा सरोकारवाला निकायमा रहेका व्यक्तिले भ्रष्टाचार गरेकै कारणले नेपाली जनताले लोडशेडिङ् खेप्दै आउनुपरेको पनि पाउनुभयो ? 

साउनको महिनामा पनि नेपालमा लोडशेडिङ् किन भयो त ? किन भयो ? प्रश्न त जनताले स्वभाविक रुपमा उठाएका छन् । किन भयो भन्दाखेखि कहीँ न कहीँ त्यहाँ समस्या थियो । जनताप्रतिको इमान्दारिता थिएन, जनताप्रति इमान्दार हुनुको सट्टा व्यक्तिगत स्वार्थप्रति लाग्नुको कारणले हो, अहिले म यति मात्र भन्न चाहान्छु । 

लोडशेडिङ्मुक्त गर्ने अभियानमा असहयोग गर्ने व्यक्ति र पदाधिकारीलाई उर्जा मन्त्रालयले कारबाही पनि गरिसकेको छ । अँझै कारबाही गर्नुपर्नेपर्ने ठाउँ देख्नु भएको छ कि, यो अभियान सफल पार्नका लागि अव कुनै पनि व्यक्तिमा समस्या छैन ? 

होइन, अहिले पनि मैले दिनदिनै कारबाही गरिरहेको छु । कतिपय ठाउँमा दिनदिनै स्पष्टिकरण लिने काम गरिहेको छु । कारबाही बिभिन्न प्रकृतिका हुन्छन्,गरिराखेको अवस्था हो । जनताले सेवा नपाउँदा, समस्या हुँदा, जनतासँग अरु कुनै स्वार्थपूर्तिको आशय राख्ने गरेको रिपोर्ट आउँदा तत्काल कारबाही गर्ने गरेको छु । हिजो मात्रै पनि मैले स्पष्टिकरण सोधेको थिएँ र आज पनि मैले सोधेको छु ।

कारबाहीको निरन्तर प्रक्रिया एकातिर छ भने प्रोत्साहन पनि सँगसँगै मैले गरेको छु । यसमा काम गर्ने साथीहरुलाई प्रफर्मेन्सका आधारमा जिम्मेवारी दिने, राम्रो काम गर्नेलाईै राम्रो जिम्मेवारी दिने, कम काम गर्नेलाई त्यसै अनुसारको भूमिका दिने गरेको छु । जनताकोबाट लाभ नलिइ प्राधिकरणलाई फाइदामा लिएर उहाँहरुले बढी लाभ लिने, सेवा लिने गरी त्यो कुरा पनि मैले राखेको छु ।

बिभिन्न योजनामा शेयर राखेर त्यसबाट पनि लाभ लिन पाउने व्यवस्था पनि मैले गरेको छु । एकातिर कारबाही र अर्कोतिर प्रोत्साहनलाई मैले सँगसँगै अघि बढाएको छु । कारबाही त निरन्तर रुपमा गरिराख्नुपर्छ । 

काठमाडौँको लोडशेडिङ्को मात्र धेरै चर्चा भइरहेको छ, मुलुकको पूरै भूगोलबाट लोडशेडिङ कहिले हट्छ ? 

पोखरा वरपरका सहर, बागलुङ्सम्म लोडशेडिङ् छैन । तपाईले बुझ्न सक्नुहुन्छ, त्यहाँका स्रोताले सुनिरहनु भएको होला । प्राविधिक रुपले मर्मत गर्ने समयमा कहिलेकाँही जान्छ होला त्यो लोडशेडिङ् होइन । लोडशेडिङ् भनेको नियोजित ढङ्गले विद्युत डाइभर्ट गरेर अन्त पठाउने प्रक्रियालाई बुझ्नुपर्छ ।

लहानभन्दा पूर्वपट्टिको भागमा लोडशेडिङ छैन । वुटवल, चितवन लगायतका ठाउँहरुमा पनि लोडशेडिङ् हटाउनका लागि हामीले प्रयत्न गरिरहेका छौँ । छिटोभन्दा छिटो कसरी गर्न सक्छौँ भनेर हाम्रो सम्पूर्ण ध्यान त्यहीँ केन्द्रित छ । हिजो मात्रै कार्यकारी निर्देशकलाई लोडशेडिङ्को अवस्था तपाई आफै गएर हेर्नुस् भने, लोडसेन्टरमा गएर उहाँले ११ बजेसम्म बसेर हेर्नु भएको छ । योजना बनाउनुस् भनेर त्यसै अनुसार काम पनि भइरहेको छ । हामी छिट्टै देशलाई नै लोडशेडिङमुक्त गर्दैछौँ, गर्नेछौँ । 

लेडशेडिङ् हटाउनेक्रममा मात्र होइन, मुलुकका बिभिन्न जिल्लाका नागरिक वर्षौदेखि बिजुली बाल्ने सपना मात्र देख्न बाध्य छन्, काम गर्ने निकायले नगरिदिएका कारण । तपाईले दिएको निर्देशनको पालना नगर्ने परिपाटी कत्तिको छ उर्जा मन्त्रालय मातहतका निकायमा ? 

पालना गर्ने परिपाटी एक दम कम छ । त्यो कुराको अन्त गर्ने नै मेरो अभियान हो । त्यसलाई अन्त गर्न म सिङ्गो मन्त्रालय, सचिव, कार्यकारी निर्देशक लगायतका अधिकारीलाई जनता समक्ष लैजाने र के समस्या छ जनताको सुन्ने, सुनाउने र त्यहीँ समाधान गर्ने, निर्देशन दिने काम पनि मैले गरिरहेको छु । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Janardan_Sharma_Prabhakar_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Janardan_Sharma_Prabhakar_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार