अर्थमन्त्री र अकोराबबीच छलफल

रेडियोलाई पनि छापा माध्यम सरह लोक कल्याणकारी विज्ञापन वितरण गर्न सकारात्मक

प्रकाशित मिति: 2017-01-09

काठमाण्डु । उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले सामुदायिक रेडियोको संरक्षणका लागि सरकारले बिशेष सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । समाज परिवर्तनका लागि सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रसंसा गर्दै उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले सामुदायिक रेडियोको संरक्षणको लागि बिशेष सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले यस्तो बताउनुभएको हो ।  महरालाई भेटेर अकोराबको नयाँ कार्यसमितिले सामुदायिक रेडियो सञ्चालनका लागि आवश्यक पर्ने उपकरण, सवारी साधन लगायतका सामग्री खरिद गर्दा भन्सार महसुसलमा सहुलियतको व्यवस्था गरिदिन आग्रह गरेको थियो ।

जवाफमा अर्थमन्त्री महराले नयाँ सञ्चार नितिले पनि  सामुदायिक रेडियोको छुट्टै परिभाषा गरेकाले अब रेडियोका लागि बजेट छुट्याउन पनि सजिलो भएकाले अब सहयोग गर्न सकिने बताउनुभएको थियो । ज्ञापनपत्र बुझाउदै अकोराबका अध्यक्ष सुवास खतिवडाले  मुलुकको दिगो विकाश र आर्थिक सम्बृद्धिको निम्ती सरकारले सामुदयिक रेडियोलाई साझेदारको रुपमा अंगिकार गरी नीति निमार्ण तय गरिदिन आग्रह गर्नुभएको थियो ।

जवाफमा अर्थमन्त्री महराले स्थानीय बिकास, आर्थिक समृद्धी र चेतनामा सामुदायिक रेडियोले खेलेको भूमिका उल्लेखनिय रहेको भन्दै सरकारले यसलाई बिशेष व्यवहारले हेर्ने बताउनुभयो । यस्तै अर्थमन्त्री महराले विद्युतीय आम सञ्चार माध्यमलाई पनि छापा माध्यम सरह लोक कल्याणकारी विज्ञापन रकम मासिक रूपमा वितरण गर्ने बिषयमा आफु सकारात्मक रहेको बताउनुभयो ।  

ज्ञापनपत्र मार्फत अकोराबले नयाँ संविधान र नयाँ सञ्चार नीति अनुसार ऐन, नियमावली, सञ्चार–माध्यमहरूलाई हेर्ने दृष्टिकोण र व्यवहार पनि समयानुकूल परिवर्तन गर्न माग गरेको छ ।  अर्थमन्त्रीसँगको छलफलमा अकोराबका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, महासचिब गोबिन्द देबकोटा, कोषाध्यक्ष लक्ष्मण खड्का लगायतका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । 

तपाईंको बिचार