सामुदायिक रेडियो प्रसारक संघको नयाँ कार्यसमिति चयन

अध्यक्षमा सुवास खतिवडा विजयी

प्रकाशित मिति: 2017-01-07
लक्ष्मी बस्नेत

काठमाण्डु । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक सघ नेपाल (अकोराब)ले नयाँ नेतृत्व चयन गरेको छ ।

काठमाण्डुमा भएको १२ औ साधारणसभा तथा छठौं अधिवेसनमा सुवास खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । आज बिहान सकिएको मतपरिणामबाट आफ्ना निकटतम प्रतिद्धन्दी किशोरजंग थापालाई हराउँदै खतिवडा अध्यक्षमा विजयी हुनु भएको हो ।

खतिवडाले कूल खसेको मतको १४२ मत प्राप्त गर्नु भएको छ भने थापाले १ सय ३२ मत ल्याउनु भएको छ । अधिवेसनका लागि प्रतिनीधि चुनिएका कूल २ सय ८७ मध्ये २ सय ७६ मत खसेको थियो । बरिष्ठ उपाध्यक्षमा होम पाठकलाई हराउँदै अर्जुन गिरी निर्वाचित हुनु भएको छ ।

पाठकले १ सय ३० मत प्राप्त गर्नु भएको छ भने विजयी गिरीले १ सय ४० मत ल्याउनु भएको थियो । त्यस्तै महासचिवमा गोविन्द देवकोटा १ सय ३६ मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा रहनु भएका पिताम्बर सिग्देलले १ सय २८ मत ल्याउनुभयो ।

देवकोटा यसअघि पनि महासचिव नै हुनुहुन्थ्यो । त्यस्तै सचिवमा बन्दना दनुवार १ सय ४२ मत प्राप्त गरि विजयी हुनुभयो भने भने तुला अधिकारीले १ सय १९ मत ल्याउनुभयो । त्यस्तै कोषाध्यक्षमा लक्षणम खड्का १ सय ३५ मत प्राप्त गरि विजयी हुनुभएको छ । खड्काले सुदर्शन खतिवडालाई ६ मतको अन्तरले हराउनु भएको हो । 

महिला उपाध्यक्षमा एकसय ३९ मत सहित शशिकला दाहाल विजयी हुनुभयो । प्रतिद्वन्दि सविता अर्यालले एकसय २५ मत पाउनुभयो । एकसय ३२ मत ल्याएर निमेश कर्ण मधेसी तर्फबाट उपाध्यक्षमा चयन हुनुभएको छ । अर्का प्रत्यासी विनेश्वर गुप्ताले एकसय २७ मत पाउनुभयो ।

यस्तै जनजाती उपाध्यक्षमा एकसय ३७ मतसहित अर्जुनकुमार राई विजयी हुनुभएको छ । जनजाती उपाध्यक्षका अर्का उमेद्वार दिपक श्रेष्ठले एकसय २१ मत पाउनुभयो । दलिततर्फको उपाध्यक्षमा भने भूवन सिंह निविरोध चयन हुनुभएको छ ।

कार्यसमिति विवरण

अध्यक्ष                  सुवास खतिवडा
वरिष्ठ  उपाध्यक्ष    अर्जुन गिरी
उपाध्यक्षहरु
शसिकला दाहाल      (महिला)
निमेष कर्ण             (मधेस)  
अर्जुनकुमार राई      (जनजाति)     
 भुवन सिंह             (दलित )

महासचिव       गोविन्द देवकोटा
सचिव             वन्दना दनुवार
कोषाध्यक्ष       लक्ष्मण खड्का

खुला केन्द्रीय सदस्य 
कपिलदेव खनाल
विष्णु अवस्थी
टिकाजंग थापा
धु्रवराज ढकाल
शुक्रराज भण्डारी
 
समावेशी
महिला तर्फ

धनलक्ष्मी शाही 
ललिता कुश्मी 

मधेसी 
अजयकुमार यादव
रामभरोसी महतो

जनजाति 
गणेशकुमार श्रेष्ठ 
मिलन गाहा 

दलित
पूर्णबहादुर विश्वकर्मा 

लेखा समिति 
भूमिराज चापागाई (संयोजक)

लेखा समिति सदस्यहरु
श्रीराम अधिकारी 
देव अन्जान शाह 

प्रदेशतर्फ

प्रदेश १

अध्यक्ष     बच्चुनारायण श्रेष्ठ 
उपाध्यक्ष     चन्द्र कार्की
सचिव      लिला आचार्य
कोषाध्यक्ष      दीर्घबहादुर खत्री

सदस्यहरु
उपेन्द्रबहादुर बस्नेत 
इश्वरी पौडेल

प्रदेश २

अध्यक्ष     अशोक दत्त      
उपाध्यक्ष    प्रह्लाद साह     
सचिव     फणि महत
कोषाध्यक्ष     प्रमिलाकुमारी चौधरी

सदस्यहरु 

बैभव चौधरी
अच्युतकुमार सापकोटा
शम्भुकुमार यादव
सुरेशकुमार महतो
संगिता ज्ञवाली

प्रदेश ३

अध्यक्ष     कृष्णहरि घिमिरे    
उपाध्यक्ष    जीवन लामा
सचिव     बलराम श्रेष्ठ    
कोषाध्यक्ष    दीपक लामा

सदस्यहरु

राजकुमार केसी
शर्मिला उपे्रती
रविन्द्र अधिकारी
चेतनाथ न्यौपाने
शान्तराज शाक्य
सुरेशप्रसाद सयजु
राजेन्द्रकुमार श्रेष्ठ

प्रदेश ४

अध्यक्ष     शान्ती गुरुङ्ग
उपाध्यक्ष    ओमकार आचार्य
सचिव     गुमानसिंह बुढाथोकी
कोषाध्यक्ष     पवन पौडेल

सदस्यहरु

अमित विश्वकर्मा
रत्नकुमार श्रेष्ठ
पदमबहादुर छन्त्याल
भक्तिप्रसाद तिमिल्सिना
तिर्थबहादुर केसी

प्रदेश ५

अध्यक्ष     केपी घिमिरे
उपाध्यक्ष     राजु खराल
सचिव     संगित बस्याल
कोषाध्यक्ष     कृष्णभक्त गिरी

सदस्यहरु

इन्द्र कुमार श्रेष्ठ
वालकृष्ण पाण्डे
पुरुषोत्तम सुवेदी
सन्तोष शर्मा
वामदेव देवकोटा
चेतकान्त भट्टराई
मुक्तिनाथ पौडेल

प्रदेश ६

अध्यक्ष        रमेशकुमार गौतम
उपाध्यक्ष     गोरखबहादुर थापा
सचिव         चक्रबहादुर केसी
कोषाध्यक्ष     अमरराज पुन

सदस्यहरु

लोकेन्द्र केसी
सुर्यप्रकाश कडेल
हरिप्रसाद डाँगी
पदमबहादुर मल्ल
जजराज शाही
कमलबहादुर बुढा
सन्तोष घर्तीमगर

प्रदेश ७

अध्यक्ष     दीर्घराज उपाध्याय
उपाध्यक्ष     जनकराज भण्डारी
सचिव     कर्णबहादुर चन्द
कोषाध्यक्ष     केशवदत्त भट्ट

सदस्यहरु

बुिद्धप्रसाद खनाल
कमलराज जोशी
माधवसिंह धामी
शंकर थापा
नरेशसिंह धामी

 

तपाईंको बिचार