समाज परिवर्तनको मुख्य भूमिकामा सामुदायिक रेडियोःसञ्चारमन्त्री

अन्धविश्वास अन्यमा भूमिका खेल्न आग्रह

प्रकाशित मिति: 2017-01-06

काठमाण्डु । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सुचनाको अनिवार्य र बैकल्पिक माध्यमको रुपमा रहेको सामुदायिक रेडियोहरुलाई अझ व्यापक बनाउनुपर्ने बताउनुभएको छ । 

आज सामुदायिक रेडियो प्रसारक संघको १२ औ साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री कार्कीले व्यापारीक र सरकारी भन्दा फरक भूमिकामा रहेका सामुदयिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । 

समाजको बिषयलाई गहिराईमा पुगेर अध्ययन गरि समाचार तथा बिचार संप्रेषण गर्न उहाँले सामुदायिक पत्रकारहरुलाई आग्रह गर्नुभयो । समाजमा रहेको अन्धविश्वास र कुरीतीहरु अन्त्यका लागि गाँउ, गाँउमा खुलेका सामुदायिक रेडियोले खेल्न सक्ने जति भूमिका अरुले खेल्न नसक्ने भएकाले संयमित भएर पत्रकारिता गर्न पनि आग्रह गर्नुभयो । 

सामुदायिक पत्रकारिताको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताउदै उहाँले पिछडिएका समाजको बिषय बाहिर ल्याउन चाहने पत्रकारका लागि सरकारले बिशेष सहयोगको प्याकेज ल्याउने तयारी पनि गरिरहेको उहाँले बताउनुभयो । 

सामुदायिक रेडियोको हैसियत र साख जोगाई राख्ने गरि जनताको आवाज संकलन गर्न उहाँले सामुदायिक पत्रकारलाई आग्रह गर्नुभयो । 

 

तपाईंको बिचार