अकोराबको अधिवेशन शुरु

सामुदायिक उत्तरदायित्व निर्वाह गर्न सुझाब

प्रकाशित मिति: 2017-01-06

काठमाण्डु । सामुदायिक रेडियो प्रसारक संघको १२औं साधारणसभा तथा छैंठौं अधिवेशन राजधानीमा काठमाडौंमा शुरु भएको छ ।

सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने नारासहित शुरु भएको अधिवेशनको सूचना तथा संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले गर्नुभएको हो । 

साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको भूमिकाको प्रंशसा गर्दै आगामी दिनमा पनि सामाजिक रुपान्तरणको अभियानमा लागिरहने विश्वास गर्नुभयो । 

उहाँले संविधान कार्यान्वयनमा पनि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन सामुदायिक रेडियोलाई सल्लाह पनि दिनुभयो । 

नेपाली कांगे्रसका केन्द्रीय सदस्य मिन विश्वकर्माले रेडियोहरुले कलम चलाउँदा सामुदायिक उत्तरदायित्व प्रति पनि ध्यान दिन आग्रह गर्नुभयो । 

उद्घाटन शत्रमा माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वर दाहालले समुदायको बिकासका लागि सामुदायिक रेडियोकर्मिले महत्वूर्ण भूमिका खेल्न सक्ने तर्फ सचेत गराउदै संविधान कार्यान्वयनमा पनि रेडियोले भूमिका खेल्ने  धारणा राख्नुभयो ।  

महाधिबेशनमा देशभरका सामुदायिक रेडियोका ३ सय रेडियो कर्मि सहभागी भएका छन् । साधारणसभाले रेडियोको नयाँ नेतृत्व चयन गर्ने छ । 

 

तपाईंको बिचार