खोई अदुवाको बजार ?

अदुवा नबिकेर किसान हैरान

प्रकाशित मिति: 2016-12-15
शंकर केसी, रेडियो कपुरकोट
तसवीरः शंकर केसी
तसवीरः शंकर केसी

सल्यान । मध्यपहाडी क्षेत्रमा खेति र राम्रो उत्पादन हुने अदुवा ओषधिय गुण भएको मसला हो । अदुवा रुघाखोकी लागेमा, जोर्नि दुखेमा, वाथ रोग, पेट सम्बन्धी रोगहरु निको पार्ने आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिन्छ । अधिकांश आयुर्वेदीक औषधिमा कुनै न कुनै रुपमा अदुुवाको अंश रहेको जानकारहरु बताउँछन् ।

यस्तै कारणले आन्तरिक तथा वाह्य बजारहरुमा अदुवाको माग दिनानु दिन बढिरहेको छ । तर पनि नेपालमा अदुवाको खपत धेरै नहुने भएकाले निकासीका लागि भारत कै भर पर्नु पर्ने अवस्था छ । भारतमा पनि उत्पादन बढ्यो भने वा त्यहाँबाट विभिन्न कारणले अदुवाको माग भएन भने नेपालमा उत्पादन भएको अदुवा किसानकै बारीमा कुहिएर जान्छ । यसवर्ष सल्यानका किसानहरुको अवस्था यस्तै छ ।

अदुवाको बजार नभएपछि किसानहरु विकल्पमा अदुवाबाट बनाउन सकिने परिकार खोजिमा छन । अदुवा प्रशोधन गरि ससाना घरेलु उद्योगहरु चलाउन सकिने राम्रो सम्भावना नेपाालमा रहेको नेपाल कृषि अनुसन्धान परिषद्, अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले जनाएको छ । र त्यसका लागी अदुवावालि अनुसन्धान कार्यक्रमले अदुवाको क्यान्डी तथा अचार बनाउने प्रविधी विकास गरेको छ ।

ससाना किसानको आयश्रोतमा वृद्धि गरि उनीहरुको जिवनस्तरलाइ नै माथी उठाउनका लागी अदुवाको विभिन्न परिकार बनाउनुपर्ने र यस संग सम्बन्धीत उद्योगहरु सञ्चालन गर्न जरुरी रहेको अदुवावालि अनुसन्धान कार्यक्रम कपुरकोटका संयोजक बन्धुराज बरालले बताउनुभयो ।

उहाँका अनुसार अदुवाको गाना वा सुठो मात्रै अहिले किसानले विक्रि गर्छन् तर अदुवालाइ प्रशोधन गरेर पाउडर, तेल, अचार, क्यान्डी, पेष्टको रुपमा पनि बेच्न सकिन्छ । यसले किसानलाई राम्रो फाईदा पुग्ने उहाँले बताउनुभयो । आफुहरुले लामो समयको अनुसन्धान र प्रयोगबाट अदुवाको अचार र क्यान्डी बनाउने उपयुक्त विधि सिफारिस गरेको पनि उहाँको भनाई छ ।
 
संयोजक बरालले अदुवा खेतिबाट मनग्य आम्दानी गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि अदुवाको गाना मात्रै वेच्दा मुल्य राम्रो नपाएर बेलाबेलामा किसानहरु निराश हुनु परेको बताउनुभयो । अदुवाबाट अन्य विभिन्न खाद्य परिकार बनाउने तरिकाका बारेमा पनि किसानले जान्नुपर्छ, अदुवा प्रशोधन केन्द्रहरु स्थापना हुनुपर्छ र अदुवा खेती विस्तारमा पनि सबैले ध्यान बरालको भनाई छ ।

 

तपाईंको बिचार