बाल स्वास्थ्य : पाँचवर्ष मुनिका एक तिहाइभन्दा बढी बालबालिका पुड्को

बालबालीका पुड्को हुनुमा सरकार दोषि

प्रकाशित मिति: 2016-11-24
photo :nayapatrika
photo :nayapatrika

काठमाडौं । नेपालमा ५ वर्षभन्दा मुनिका ३७ प्रतिशतभन्दा बढी बालबालिका अझै उचाइ नपुगेको तथा पुड्कोपना भएको पाइएको छ । आर्थिक वर्ष २०७१÷०७२ को स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको प्रतिवेदनले पाँच वर्ष मुनिका ३७ दशमवलम ४ प्रतिशत बालबालिकामा यस्तो समस्या देखाएको हो । त्यस्तै ३० प्रतिशत बालबालिका उमेर अनुसार तौल नपुगेको रहेका छन् । त्यस्तै ख्याउटेपना अर्थात उचाइ अनुसार तौल नपुगेका पाँच वर्षमुनीका बालबालिका ११ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले २०१४ मा प्रकाशन गरेको पपुलेशन मोनाग्राफका अनुसार जन्मेदेखि १४ वर्षसम्मका ०.९९ प्रतिशत अर्थात ९२ हजार १२ बालबालिकामा कुनै न कुनै प्रकारको अपाङ्गता भएको पनि देखिएको छ ।

बालबालिकालाई जन्मनुअघि र जन्मेपछि आवश्यक स्याहार, पोषण सहयोग र शिक्षा प्रदान गरी बालबालिकाको शारीरिक, मानसिक र शैक्षिक विकास गर्ने उद्देश्यले स्वास्थ्य र शिक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालित छन् । बालबालिकालाई लक्षित गर्दै पोषण र सुनौला हजार दिनजस्ता बालस्याहार, गर्भवती महिला र बच्चाको स्वास्थ्यका लागि स्वास्थ्य र पोषणसम्बन्धी कार्यक्रम लागू गरिए पनि एकतिहाइ भन्दा बढी बालबालिकामा पोषण अभावले लाग्ने समस्या बढी देखिएको हो ।

साना बालबालिकामा लाग्ने झाडापखाला भने पछिल्लो वर्षहरुमा कम हुँदै गएको देखिएको छ । तर स्वासप्रश्वास समस्या भने लाखौं बालबालिकामा देखिने गरेको छ । गम्भीर स्वासप्रस्वास संक्रमणमा पाँच वर्षमुनिका नयाँ बिरामी बालबालिकाका प्रति हजारमा ७ सय ६५ जना भेटिएको स्वास्थ्य विभागको प्रतिवेदनले नै देखाएको छ । 

सरकारी र गैरसरकारी क्षेत्रबाट पोषण पुनःस्थापना केन्द्र÷सेवा निरन्तर रूपमा सञ्चालनमा रहेको छ भने विपद अवस्थामा पोषण कार्यक्रम समेत सञ्चालनमा रहेको छ ।

पोषणमा प्रभाव पार्ने मूल पक्षहरूमा आयोडिनको कमी, भिटामिन ‘ए’ को कमी र आयोडिनको कमीबाट हुने कुपोषणमा निरन्तर र उत्साहजनक रूपमा सुधार भइरहेको छ भने प्रोटिनको यो तथ्यांकका आधारमा करिब डेढ दशकको अवधिमा नेपालमा बालबालिकाको स्थिति, २०७३ पनि पोषणको क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको केन्द्रीय बालकल्याण समितिले हालै प्रकाशित गरेको प्रतिवेदनले भनेको छ । 

खासगरी आमाको कुपोषण, जन्मँदाको कम तौल, सामान्य अवस्था र विरामी भएको बेला शिशु स्याहार र खानपानको अव्यवस्था, पोषणयुक्त खानाको अपर्याप्तता, सरसफाई, खाद्य समस्या, अधिक सन्तान संख्या, आहारव्यवहारजस्ता कारणले बालबालिकाको पोषण स्थितिमा उल्लेख्य सुधार आउन नसकेको विज्ञहरुले बताउने गरेका छन् ।

तपाईंको बिचार