भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणः के होला उपलब्धि ?

प्रकाशित मिति: 2016-11-03
सोबिता रिसाल

१८ बर्ष पछि भारतको राष्ट्रपतिय स्तरबाट नेपालमा भ्रमण भएको छ । हिजो मध्यान्ह नेपाल आईपुग्नु भएका भारतीय  राष्ट्रपति प्रणव  मुखर्जीको भ्रमणलाई नेपालमा उच्च प्राथामिकताका साथ हेरिएको छ । राष्ट्रपति प्रणव  मुखर्जीको यो भ्रमणको उपलब्धि के होला ? यो बिषय पनि बहसमा छ । 

हिजो बिहानै भारतिय राष्ट्रपति प्रणव  मुखर्जी नेपालका लागि तयार हुनुभयो भन्ने खबर हरु सञ्चार माध्यमबाट थाहा पाएलगत्तै नेपालको सुरक्षा संयन्त्र उच्च सर्तकतामा थियो । त्यसो त, हिजो मध्यान्नह भित्रूवन अन्तराष्ट्रिय बिमान स्थलमा मुखर्जीको स्वागत भैरहदा बिभिन्न कोणबाट टिका टिप्पणीहरु पनि भईरहेका थिए । खासगरिकन राष्ट्रपति विद्यादेवी भण्डारीको आमन्त्रणमा नेपाल आउनुभएका भारतिय राष्ट्रपति मुखर्जीको संबैधानिक हैसियत बराबरी छ । 

कार्यकारी पदमा नै रहदा पनि धेरै पटक नेपालको भ्रमण गरिसक्नुभएका भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले कुटनितिक रुपमा धेरै ठूलो अर्थ नराखेपनि दुई देशको सौहाद्रता बढाउन कहत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ, पुर्व परराष्ट्रमन्त्री तथा संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब । भारतीय  राष्ट्रपतिको भ्रमणले दुई देशबिचको मित्रता अझ गाढा हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, सौहाद्रकाका लागि गरिएको भ्रमणको केही घाटा छैन जति छ उपलब्धि मात्रै । 

तीन दिने राजकिय  भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीको सम्मानमा सरकारले वरियता क्रम  मिचेको, भारतसंग चाहिने भन्दा धेरै झुकेको भन्दै सामाजिक सञ्जालमा केही बिरोध पनि भयो । भ्रमणलाई ऐतिहासिक अबसरका रुपमा लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै शितल निवासमा सौहाद्रताका साथ मुखर्जीसंग भेटघाट गर्नुभयो ।

परराष्ट्रमन्त्रालयका अनुसार दुई राष्ट्रपति बिच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमासौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा छलफल भयो ।

पूर्व परराष्ट्रमन्त्री तथा एमाले नेता महेन्द्रबहादुर पाण्डे, राजनितिक दलहरु आफै सचेत हुन सक्यौ भने भ्रमणको उपलब्धि हुने धारणा राख्नुहुन्छ । उहाँले भन्नुभयो, भारतिय राष्ट्रपतिसंग हामीले खुलेर हाम्रो संविधान र राजनितिक स्थितिका बारेमा जानकारी गराउन सक्यौ भने उहाँले यर्थाथता बुझेर भारतमा पुगेर सोही अनुसार विश्लेषण गरिदिनुहोला, नत्र त भ्रमणबाट धेरै आशा गर्ने ठााउ छैन । 

धेरै पटक अर्थमन्त्रालय र अरु मन्त्रालय सम्हाल्दै राष्ट्रको सर्वोच्च पदमा पुग्नुभएका भारतिय राष्ट्रपति मुखर्जीलाई नेपाल बुझेका र कुटिल राजनितिक व्यक्तित्वका रुपमा चिनिन्छ । भ्रमणले बेला दुई देशचिको बास्तविकता बुझेर भारतमा त्यहि अनुसारको बिचार सृजनागर्न सहयोग गरिदिएपनि भ्रमणको ठूलो उलब्धि हुने कतिपयको ठहर छ । 

नेपाली काग्रेसका नेता मिनेन्द्र रिजाल, एक व्यक्तिको भ्रमण हुने वित्तिकै ठूलै उपलब्धि हुन भन्दा पनि केही सकारात्मकता भने पक्कै थपिने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँको भ्रमण हुने वित्तिकै दुई बिचको सम्बन्धले के, के न उचाई लिईहाल्ला भन्न सकिदैन, तर सम्बन्धमा आएका दरारहरु भेटाउन भने भ्रमणले सघाउन सक्छ । 

अघिल्लो बर्ष मात्रै तितो बनेको नेपाल भारत सम्बन्ध सुधार गर्न भारतिय राष्ट्रपतिको भ्रमणले पक्कै सघाउने छ । तर उहाँ कार्यकारी हैसियतमा नभएकाले र भ्रमण राजनितक पनि नभएकाले दुई देशबिचको सम्बन्ध केही सुधार गर्ने बाहेक धेरै आशा यो भ्रमणबाट गर्न सकिदैन । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार