नेपाल भारत सम्बन्धमा दरार नभएको राजदूत उपाध्यायको दाबी

राष्ट्रपतिको भ्रमणले सम्बन्ध थप उचाईमा पुग्ने विश्वास

प्रकाशित मिति: 2016-10-31

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाईमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताउनुभएको छ । 

देउसी भैलो खेल्न पुगेको पत्रकारको टोलीसंग कुरा गर्दै  राजदुत उपाध्यायले भन्नुभयो, ‘नेपाललाई गहिराईका साथमा चिन्ने मित्रराष्ट भारतमा नेताहरुपनि थोरै हुँदै जानुभएको छ, त्यसमध्ये उहाँ एक अग्रणी व्यक्ति हो, मलाई खुशी लागकेको छ, उहाँको भ्रमणले नेपालको कुटनीतिलाई थप उचाईमा पुरयाउन मद्दत पुग्छ ।’

राजदुत उपाध्यायले सानातिना कुराहरुलाई हामीले अगाडि ल्याउने भन्दा पनि आगामी दिनमा नेपाललाई कसरी फाईदा पुग्छ भन्ने कुरामा आफूहरुले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, द्धिपक्षीय उच्च भ्रमणले सम्बन्ध प्रगाढ बनाउँछ, हाम्रोपनि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा छिट्टै जाँदै हुनुहुन्छ, यसले गर्दा द्धिपक्षीय नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ बन्छ ।’

संविधान कार्यान्वयनमार्फत नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मुल एजेण्डामा अघि बढ्नको लागि मित्रराष्ट्र भारतको अत्यन्तै आत्मिक सहयोगको आवश्यकत्ता रहेको पनि उहाँले औल्याउनुभयो । 

पछिल्लो समय दुवै देशले सम्बन्ध प्रगाढ बनाएर लैजानुपर्ने गम्भिर महशुस गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हार्ने खेल खेलेर न भारतलाई फाईदा हुन्छ, न त नेपाललाई, त्यो कुराको महशुस अहिले दुवै देशले गरेका छन् ।’  

भारतले नेपाललाई सहयोग गर्नैपर्ने बताउँदै उहाँले भन्नुभयो ,‘खासगरी समुन्नत भारत र समुन्नत चीनको वीचमा नेपाल छ, गरिब राष्ट्रको रुपमा रहिरहनु दुवै देशलाई फाईदा छैन् ।’ राजदुत उपाध्यायले अब नेपाल भारत सम्बन्धमा कुनै दरार नभएको समेत दाबी गर्नुभयो । 

तपाईंको बिचार