संसदमा प्रधानमन्त्रीको सम्बोधन

तिहार अघि नै संविधान संसोधन हुने

प्रकाशित मिति: 2016-10-19

काठमाडौ ।  प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले तिहार अघि नै संविधान संसोधनको तयारी भैरहेको बताउनुभएको छ ।  

बुधबार व्यवस्थापिका संसदमा समबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले तिहार अघि नै संविधान संसोधन गर्ने गरि औपचारिक तथा अनौपचारिक छलफलहरु चलाईरहेको जानकारी दिनुभयो ।

संघिय गठबन्धनले छठ अगाडी संविधान संसोधन नभए आनदोलन गर्ने चेतावनि दिईरहेका बेला प्रधानमन्त्री प्रचण्डको यस्तो भनाई आएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, संविधान संसोधनको तयारी अन्तिममा पुगेको छ, तिहार अघि वा तिहार लगत्तै छठी अघि नै संविधान संसोधनको प्रक्रिया अगाडी बढ्ने छ ।  प्रधानमन्त्री प्रचण्डले ब्रिक्स सम्मेलनका क्रममा भारत र चीनका राष्ट्रप्रमुखसंग भएको आकस्मिक भेटलाई नकारात्मक रुपमा विश्लेषण गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । 

यस्तै संविधान अनुसार नै आउदो बर्षको माघ सम्ममा तिनै तहको निर्वाचन गराउनु अनिवार्य रहेको भन्दै यस्तो बेलामा राजनितिक दलहरु मिल्नुको बिकल्प नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, यो अबस्थामा सबै राजनितिक दलहरु मिल्नुको बिकल्प छैन, जसरी हिजो भूकम्प पछि हामीले मिलेर दुख सामाना गरि संविधान जारी गरेका थियौ त्यसैगरि अब मिलेर तिनै तहको निर्वाचन गराउन लाग्नुपर्ने देखिएको छ । 

संघिय गठबन्धनका जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले संविधान संसोधन पछि चुनाबमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । 

 

तपाईंको बिचार