कात्तिक २ गते, काठमाडौं । भारत ओडिशाको राजधानी भुवनेश्वरस्थित एक नीजि अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । थुपै्र घाइते भएका छन् ।
राजधानीको सम अस्पतालको डायलासिस वार्डबाट हिजो बेलुका आगलागी शुरु भएको अधिकारीहरुले बताएका छन् ।
आगलागीपछि बिरामीहरुलाई हतारमा बाहिर निकाल्न खोजिए पनि कम्तीमा २२ को मृत्यु भएको हो । आगोले ठूलो मानवीय र भौतिक क्षति भएको हो ।
आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपचाररत बिरामीलाई नजिकैको अरु अस्पतालहरुमा लगिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भने सामाजिक संजालमार्फत घटनाले आफू दुखी भएको बताउनु भएको छ । त्यहाँका मुख्य मन्त्रीले घटनाबारे जानकारी लिंदै छानबिन गर्न निर्देशन दिएको बिबिसीले लेखेको छ ।
तपाईंको बिचार