नपढेको भन्दै १२ बर्षपछि घरबाट निकालीएपछि

प्रकाशित मिति: 2016-10-10
सनिउल्ला धोबी,कपिलवस्तु

कपिलवस्तु  ।  फुलमती यादवको विहे भएको १२ बर्ष भयो । एउटी २ बर्षीय छोरी पनि छन । छोरी ममता सहित अहिले करिब २ बर्ष देखी आपm्नो माइत कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आउनु भएको छ । 

उहाँको विवाह सानैमा भयो पछि गौना भएको हो । मधेशमा सानैमा विहे गरे पुण्य प्राप्त हुन्छ भन्दै सानोमा विहे अनि केहि बर्ष पछी गौना गर्ने चलन रहेको । उहाँको विवाह शिवराज नगरपालिका १३ विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको हो ।

बब्बु यादव पढेलेखका छन तर फुलमती निरक्षर हुनुहुन्छ । बब्बु यादव र उहाँका परिवारले उहाँलाई अहिले देखी सहदैनन, करण हो फुलमती लेखपढ गर्न जनेकी छैनन । बब्बु यादव बैदेशिक रोजगारको सीलसीलामा दुवाई जाने,आउने गर्छन ।

बब्बु घर आएको बेला फुलमतीका दाई प्रभु यादवले किन मेरो बाहिनीलाई लाग्नु हुदैन भन्दा उहाँका श्रीमान अब लैजान्न उसको बानीव्यहोरा ठिक छैन भन्दै । आनाकानी गर्छन । प्रभुले विहे गर्दा भने जती दाइजो पनि दिएका थिए अहिले किन मेरो बहिनीलाई अस्वीकार गर्नुहुन्छ भन्द । पढेलेखीकी छैन त्यसैले राख्दैन भन्दै नेताहरुको शोर्स लगाउहाँ मै व्यस्त देखीएको फुलमतीले बताइन । म बेशहरा बनेकी छु मलाई न्याय दिलाउने कोही नभएका उहाँले दुखेसो पोख्नुभयो । 

फुलमतीका दाई प्रभु यादव भन्छन महिलाहरुको हक अधिकारको पक्षमा उहाँले पटक पटक फुलमतीको बारेमा यहाका क्रियशिल महिला अधिकारकर्मीलाई फोन या प्रत्यक्ष गरी जानकरी गराउदा समेत कोहि उहाँको पक्षमा बोल्ने कोहि नभेटाएको बताउनुभयो । 

खरेन्द्रपुरका सोमई धोबी भन्छन फुलमतीको बारेमा तिन पटक वडा प्रहरी कार्यलय चन्द्रौटामा समेत छलफल भयो । पहिलो पटक त मैेले घर लैजान्छु भन्दै सहमती गरे उहाँका श्रीमान बब्बुले । त्यसपछी कागाजमा हस्ताक्षर गरे उहाँका श्रीमान मोटरसाइकलमा गए उहाँलाई पैदल लगियो विशनपुर त्यसको ३ दिनमा उहाँलाई अनेक थरी अरोप लगाएर घरबाट निकालीयो उहाँ अप्नो माइत खरेन्द्रपुर बस्दै आउनु भएको छ । 

इलाका प्रशासनको पत्र अनुसार प्रहरीले उहाँको श्रीमानलाई पनि हजिर गराएको थियो ।  विशनपुरका एमालेका नेता र काग्रेसका  स्थानिय नेताहरुको भनाइमा अब कुटपिट नगर्ने भनेरै कागाज पत्र बनाउहाँे अनि, कागज पत्र बनेपछी विशनपुर लैजाने भनेर सहमती भयो ।

त्यसको अर्का दिने  इलाका प्रशासन कार्यलायमा फुलमती र उहाँका दाजु प्रभु प्रशासन कार्यलाय पुगे त्यहा उहाँको श्रीमान पक्षको कोही पनि हजिर भएहाँन् कागज पत्र अहिले प्रशासन कार्यलयमै  रहेको उहाँका परिवारले बताउने गरेका छन । 

छलफल गर्दा घर लैजाने कुटपीट गर्ने,खाने नदिने, गालीगालौज गर्ने, बोक्सीको अरोप लगाई एक दुई दिनमा फुलमतीलाई भगाउहाँे समेत गरेको विशनपुरका उहाँकै छिमेकहरुले बताउछन । विशनपुरका गाउलेहरुको अनुसार अब उहाँका श्रीमानले आर्कै विहे गर्ने भित्रि योजना रहेको छ । 

तपाईंको बिचार