चालकको हातमा दशैंको खुशी ( अडियो )

छिटो गए भन्न सकिन्न विस्तारै गए अवश्य पुगिन्छ

प्रकाशित मिति: 2016-10-08
राजन रुचाल

काठमान्डुबाट दशैंको बेलामा २५ लाख भन्दा धेरै मानिसहरु घर फर्कन्छन् । आजसम्म १५ लाख मानिसले दशैं मान्न काठमान्डु छोडेको अनुमान छ । झोलामा गुँदपाक र पुष्टाकारी अनि मनमा उमङ्ग बोकेर घर हिंडेकाहरुको जीन्दगी भने चालकको हातमा हुन्छ ।

काठमान्डु । काठमान्डुबाट बाहिरीने मूख्य नाकामा लामबद्ध सवारी साधनलाई गन्तव्य पुग्न जति हतारो छ, त्यो भन्दा धेरै हतारो बसभित्रका यात्रुहरुलाई छ । दशैं वर्ष दिनको चाड । घर परिवार र इष्ट मित्र भेला हुने अवसर । अनि त्यहि जमघटमा साटिन्छ  सुखदुख । हर्ष र खुशीको बहार लिएर घर फर्किन लागेकाहरुलाई बसको यात्रा सहज भने छैन । ठेलमठेल गर्दै बस भित्र छिरेपछि कोचाकोच गरेर बस्नुपर्ने बाध्यता यात्रुलाई छ ।


बसभित्र असरल्ल सामान छन् । यात्रु हिंड्ने बाटोमा झोलाहरु राखिएका छन् । बसभित्र चढ्ने ओर्लनेहरु त्यहि झोला माथी टेकेर हिंड्छन् । यात्रुलाई नै सकस हुनेगरी बस डुङ्डुङ्ती गन्हाउँछ ।


कलंकीमा एक घण्टा देखि जाममा पर्नुभएका काठमान्डुबाट बुटवल जान लाग्नु भएका चन्द्र बहादुर थापा मगर अस्तव्यस्त यातायात व्यवस्थापन देखेर छक्क पर्नुहुन्छ । कसैगरे पनि यातायात क्षेत्र एउटा पद्धतीमा चल्न नसेकेको उहाँको गुनासो छ ।


यता कोटेश्वरमा सोलुको लागि छुट्न ठिक्क परेको बसको ड्राइभर पछाडीको सिटमा  ८ वर्षिय बालक एरिक मगरको मुहारमा खुशी छचल्किरहेको देख्न सकिन्थ्यो । दशैं मनाउन घर जाने कुराले मन त्यसै त्यसै चङ्गा भएको मगरले सुनाउनुभयो ।


कलंकीबाट साझाबस चढेर नारायणगढ जान लाग्नुभएका अर्का बालक आर्यन आचार्यलाई घर पुगेर साथीहरु भेट्न हतारो भईसक्यो । घर पुगेर पिङ पनि खेल्नु छ । दशैं मान्न घर जाने भनेपछि बालबालिकामा खुशीको सिमा नै छैन ।


खुशी सानासाना नानीहरुमा मात्र होईन । घर जाने भने पछि जो कसैलाई पनि लाग्छ । वर्ष दिनको चाड मान्नुछ । आफन्त साथीभाई भेट्नुछ । सुख दुखका गफ गर्नुछ । त्यसैले त दशैंको बेलामा काठमान्डु रित्तो प्राय बन्छ ।


काठमान्डुबाट दशैंको बेलामा २५ लाख भन्दा धेरै मानिसहरु घर फर्कन्छन् । आजसम्म करिव २० लाख मानिसले दशैं मान्न काठमान्डु छोडेको अनुमान छ । झोलामा गुँदपाक र पुष्टाकारी अनि मनमा उमङ्ग बोकेर घर हिंडेकाहरुको जीन्दगी भने चालकको हातमा हुन्छ ।

हरेक वर्ष दसैंतिहारमा हुने दुर्घटनामा सयभन्दा बढी यात्रुको मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ । दुर्घटनाको कारणमा कच्ची सडक, क्षमता भन्दा बढि यात्रु र चालकको लापर्वाही मूख्य हुन् ।

यातायात व्यवसायीहरुले दशैंलाई कमाउने अवसरका रुपमा समेत लिईदिलन्छन् । चालक कोमल पाण्डे पनि त्यो कुरालाई स्वीकार गर्नुहुन्छ । जतिसक्दो चाँडो गन्तव्यमा पुगेर फेरि अर्को टिप गर्न पाए राम्रो कमाई हुने हुटहुटी चालक पाण्डेमा छ । तर यस्ले दुर्घटनाको जोखिम भने बढाउँछ ।


०६८ साल यताको तथ्यांक हेर्दा दसैं तिहारको एक महिना अवधिमा देशभर दुर्घटना संख्या बढ्दै गएको देखिन्छ । हरेक वर्ष दसैंतिहारमा हुने दुर्घटनामा सयभन्दा बढी यात्रुको मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ । दुर्घटनाको कारणमा कच्ची सडक, क्षमता भन्दा बढि यात्रु र चालकको लापर्वाही मूख्य हुन् । भैरहवाका लागि छुट्न ठिक्क परेको बसका चालक चिरञ्जीवी अधिकारी यस्ता कुरामा सचेत हुनुहुन्छ । २३ वर्ष देखि यो पेशामा आवद्ध उहाँलाई यात्रुको सन्तुष्टी नै महत्वपूर्ण लाग्छ ।


मान्यजनको हातबाट टिका जमरा लगाएर आर्शिवाद लिन हिंडेकाहरु गन्तब्यसम्म सुरक्षित पुग्नु छ । त्यसैले यातायात व्यवसायि, सुरक्षा निकाय, स्वयम् यात्रु, चालक र अन्य सरोकारवालाहरु सबै मिलेर यात्रा लाई सुरक्षित बनाउन भुमिका खेल्नु पर्दछ  ।

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Untitled.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Untitled.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार