सन्ध्यासँगको भेट, उनको मृत्यु र स्वास्थ्यमन्त्रीको सम्झना !

गरिबका लागि हरेक अस्पतालमा कोष स्थापना गरिने

प्रकाशित मिति: 2016-10-07
लिलप्रकाश चन्द

काठमाडौँ । जुम्लाका क्यान्सर पीडित सन्ध्या शाहीले आफूलाई सम्बोधन गर्दै लेखेको पत्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा बाक्लै चर्चाको बिषय यो महिनाभरीजसो नै बन्यो । सन्ध्याले लेखेको पत्र र आफूलाई भेट्न चाहेको कुरा स्वास्थ्यमन्त्री थापाको सचिवालयसम्म पुगेपछि नौँ दिनअघिको एक साँझ मन्त्री थापा केही सहयोगीका साथ चाबहिलस्थित सन्ध्याको डेरामा पुग्नु भएको थियो ।

उनै सन्ध्याको भेटको इच्छा पूरा गरिदिएको सात दिनपछि उपचारको क्रममा मृत्यु भएपछि मन्त्री थापालाई पीडा त भएको छ नै, पीडासँगै सन्धयाजस्तै समस्यामा रहेकाहरुका लागि केही गर्ने प्रेरणा पनि मिलेको छ । 'सन्ध्याको पत्र सार्वजनिक भएपछि यही असोज ११ गते मन्त्री थापाले भेटेर कुराकानी गर्नु भएको थियो ।

गरिब नागरिकको उपचारका लागि प्रत्येक अस्पतालसँग एउटा कोष स्थापना हुने र परोपकारी मानिसहरुले केही कुरा योगदान गरेपछि कोषलाई विपन्न वर्गको उपचारमा खर्च गरिने उहाँको भनाइ छ । तत्काल फण्ड स्थापना गर्ने योजना अघि सारेको भए पनि यसको पूर्ण समाधान भने स्वास्थ्य बिमा नै हुने मन्त्री थापाले बताउनुभयो । 'लामो समय देखि हरेक नेपालीको स्वास्थ्य बिमा गर्ने तयारी भए पनि मेरो कार्यकालमा धेरै काम अघि बढ्नेछ ।' थापाले भन्नुभयो ।

'मैले एउटा दुखद खबर थाहा पाएँ । केही दिनअघि एकजना बहिनीले मलाई खुला पत्र लेख्नु भएको थियो, सन्ध्या शाही जुम्लाको, जो आफै क्यानसरको बिरामी हुनुहुन्थ्यो, उहाँले मलाई भेट्ने इच्छा गर्नु भएको थियो । ' मन्त्री थापाले सीआईएनसँग भन्नुभयो 'म उहाँलाई भेट्न पनि गएँ, उहाँको काठमाडौँस्थित डेरामा गएर एक घण्टा कुराकानी गरेँ ।'

सन्ध्यासँगको भेटबारे सम्झदै उहाँले भन्नुभयो ' कुराकानी गर्दैगर्दा उहाँको अरु मसँग केही पनि कुराहरु थिएन, खाली उहाँले मलाई दुईटा कुरा भन्नु भएको थियो । मैले जुनखालको अपमानपूर्ण व्यवहार व्यहोरेँ, त्यस्तो व्यवहार अरु कसैले व्यहोर्न नपरोस् भन्ने एउटा उहाँको कुरा थियो, उहाँको अर्को चिन्ता भनेको मेरो त जीवनको टुङ्गो छैन तर जुन बोझ मेरो परिवारका सदस्यमाथि थपियो, यस्तो बोझ अरु कसैको थपिनेक्रम नदोहरियोस् ।'

भेटमा सन्ध्याले आफूसँग अन्तिम इच्छा भनेको तपाईलाई हेर्ने, तपाईलाई भेट्ने रहेको बताएको पनि थापाले सम्झनुभयो । आफू प्रतिको अगाघ स्नेहले केही कुराको प्रेरणा मिलेको उल्लेखगर्दै उहाँले अगाडि कसरी काम गर्छु भन्ने सन्दर्भमा त्यो घटनाले आफूलाई निरन्तर सम्झाइरहने बताउनुभयो ।

'निधन भएको खबर थाहा पाउँदा, अहिले पनि उहाँलाई भेटेको, कुराकानी गरेको १९/२० वर्षको भर्खरको नानीको अनुहार नसम्झने कुरै भएन, यो मेरो नमीठो अनुभव रह्यो ।' मन्त्री थापाले भन्नुभयो 'प्रत्येक दिनजसो यस्तो भेटघाट हुन्छ हिजोआज मेरो स्वास्थ्य मन्त्रालयमा पनि र स्वास्थ्यमन्त्रालयभन्दा बाहिर, खासगरीकन काठमाडौँ भन्दा बाहिरको कार्यक्रममा जाँदै गर्दा सबैभन्दा बढि जसले मलाई भित्रैसम्म छुन्छ र हल्लाउँछ ।'

 

दिनहुँ सुनिने यस्ता गुनासाले आफूलाई गम्धीर र भावुक बनाउने गरेको उल्लेख गर्दै थापाले आफू पनि मान्छे  नै भएको र संवेदना भएको उल्लेख गर्दै भन्नुभयो , 'मेरो पनि सानोसानो छोरीहरु छ, म एउटा सामान्य मान्छे हुँ, त्यसैले यी सबै कुराले संवेदनाहीन भन्ने कुरा त मनमा राक्षस मात्र भएको मान्छेलाई मात्र यो कुराले नछुने भन्ने हुन्छ ।' ती छोएको कुरालाई आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा त्यसबाट के कुरा सिक्ने र कसरि गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको मन्त्री थापाले बताउनुभयो । 

कहिलेकहिले बिरामी र कहिलेकहिले बिरामीका आफन्तहरु जो सबै आशा गुमाएर यो स्वास्थ्यमन्त्रीले जीवनरक्षाका निम्ति केही गर्दिन सक्छ कि भनेर आफूलाई भेट्दा र कुरा गर्दा झनै जिम्मेवारीबोध हुने गरेको छ स्वास्थ्यमन्त्री थापालाई । आफूलाई गरिने गुनासोमा मेरो छोरी गुम्यो, छोरी गुम्यो, उपचारका लागि मसँग पैसा छैन, केमो गर्न आउनु भनेको छ, डायलिस गर्नुछ पैसा छैन लगायतका रहने गरेको उहाँको भनाइ छ ।

'म प्रत्येक दिनजसो यस्ता कुरा सुन्छु, हिजो मात्रै भैरहवाबाट एक जना भाई उहाँ फोनमा रुनुभयो मसँग भन्ने कुरा केही थिएन, मैले ट्रान्सप्लान्ट कसरी गर्नेहोला मानव अङ्ग प्रत्यारोपण केन्द्रमा गएर गर्न चाहान्छु भन्दै हुनुहुन्थ्यो, मन्त्री थापाले सुनाउनुभयो  'यो ४० दिनमा सबैभन्दा यस्ता गुनासा सुन्दाको तीतो, नमीठो अनुभव मसँग छ ।' 

दिनहुँ सुनिने यस्ता गुनासाले आफूलाई गम्धीर र भावुक बनाउने गरेको उल्लेख गर्दै थापाले आफू पनि मान्छे  नै भएको र संवेदना भएको उल्लेख गर्दै भन्नुभयो , 'मेरो पनि सानोसानो छोरीहरु छ, म एउटा सामान्य मान्छे हुँ, त्यसैले यी सबै कुराले संवेदनाहीन भन्ने कुरा त मनमा राक्षस मात्र भएको मान्छेलाई मात्र यो कुराले नछुने भन्ने हुन्छ ।'

तत्काल फण्ड स्थापना गर्ने योजना अघि सारेको भए पनि यसको पूर्ण समाधान भने स्वास्थ्य बिमा नै हुने मन्त्री थापाले बताउनुभयो । 'लामो समय देखि हरेक नेपालीको स्वास्थ्य बिमा गर्ने तयारी भए पनि मेरो कार्यकालमा धेरै काम अघि बढ्नेछ ।' थापाले भन्नुभयो ।

ती छोएको कुरालाई आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा त्यसबाट के कुरा सिक्ने र कसरि गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको मन्त्री थापाले बताउनुभयो ।

त्यसका लागि उहाँसँग दुईओटा योजना बनेका छन् । 'एउटा मेरो पहिलो महिनाको तलब कान्ति अस्पतालको फण्डमा दिएँ, मलाई थाहा छ, त्यो दिएर त्यहाँ धेरै ठूलो कुरा हुँदैन, धेरै महिनाअघि पाटन अस्पतालको आईसीयू बनाउन मेरो विवाहको खर्च कटाएर रकम दिदा पनि मलाई ठूलो कुरा दिएँ भन्ने कहिले पनि थिएन तर मलाई जहिले पनि के लाग्छ भने सहयोगी हातहरु अलिकति बढाएपछि जुट्दै आइहाल्छ, हामी नेपाली भित्र यो कुराहरु छ । 'थापाले भन्नुभयो ।

गरिब नागरिकको उपचारका लागि प्रत्येक अस्पतालसँग एउटा कोष स्थापना हुने र परोपकारी मानिसहरुले केही कुरा योगदान गरेपछि कोषलाई विपन्न वर्गको उपचारमा खर्च गरिने उहाँको भनाइ छ ।

तत्काल फण्ड स्थापना गर्ने योजना अघि सारेको भए पनि यसको पूर्ण समाधान भने स्वास्थ्य बिमा नै हुने मन्त्री थापाले बताउनुभयो । 'लामो समय देखि हरेक नेपालीको स्वास्थ्य बिमा गर्ने तयारी भए पनि मेरो कार्यकालमा धेरै काम अघि बढ्नेछ ।' थापाले भन्नुभयो ।

तपाईंको बिचार