‘दैैनिक १ घण्टा किताब पढ्नुहोस्-३ बर्षमा पिएचडी गर्नुहोस्’

प्रकाशित मिति: 2016-10-03
सोबिता रिसाल

काठमाडौं । भर्खर प्लस टुको परीक्षा सकेर फुर्सदमा बस्नुभएका सुमित नेपाललाई पाठ्यक्रम बाहेकका किताब पढ्न खुब मन पर्छ । काठमाडौको भृकुटीमण्डमा जारी पुस्तक प्रर्दशनीमा पुस्तक छान्दा छान्दै भेटिनुभएका उहाँको हातमा लेखक सुबिन भट्राईको उपन्यास मनसुन थियो ।

एक त परीक्षा सकिएको समय, अर्को दशैको फुर्सद । यो फुर्सदिलो समयमा उहाँ पढेरै मनोरञ्जन अनि ज्ञान बढाउने सोचमा हुनुहुन्छ । संगै आउनुभएका अर्का विद्याथी बिप्लब लामिछानेलाई पछिल्ला समयको बिताब पढ्न खुब मन पर्छ, भन्दै हुनुहुन्थ्यो, युवा लेखकका लेखनी बुझिन्छ, आफ्नै वरिपरिको परिवेशमा रहेर लेखेको जस्तो लाग्छ । त्यसैले अरु नपढेपनि उपन्यास भने खोजी खोजी पढ्ने बानी छ उहाँको । 

उमेर समुह अनुसार किताबको छनोट पनि फरक छ । किताब पढ्ने संस्कार भने विकसित भएको छ । नदेखेको ठाँउ, नपुगेको ठााउ, नजानेको कुरा सबैको बारेमा जानकारी दिने माध्यम किताब नै हो । भर्खरै शिक्षक पेशाबाट अबकाश लिनुभएका शिब सिटौलाले केही थान धार्मिक, चाणक्यका किताब र केही कृषिका किताबहरु किन्नुभयो ।

दैनिक १ घण्टा पढ्यो भने हप्तामा एउटा पुस्तक पढ्न सकिन्छ । हप्तामा एउटा पुस्तक पढ्नु भनेको बर्षमा ५२ पुस्तक पढ्नु हो ।१ बर्षमा ५२ पुस्तक पढ्नु भनेको स्तानतक तह बराबर पार गर्नु हो ।

 

किताबहरु मार्फत लुकेका संस्कार, सस्कृती र बिचारहरु बाहिर आएका छन्, यसले ज्ञानको भण्डार फराकिलो बनाउन सहयोग पुग्ने उहाँको बिश्वास छ । त्यसैले उहाँले दशैको अबधीमा धार्मिक र केही ऐतिहासिक किनेका पुस्तक पढ्ने योजना बनाउनु भएको छ । 

दशैमा नयाँ लुगा वा दक्षिणाको साटोमा किताब पनि उपहार दिन सकिन्छ । दिएका कपडा वा दक्षिणा यसै सकिन्छ तर किताब मार्फत व्यक्तिले पाउने ज्ञानको तुलना हुदैन । यहि किताब पढ्न पर्छ भन्ने छैन, उमेर, रुचि र काम गर्ने क्षेत्र अनुसार व्यक्तिहरुको किताब प्रतिको चाहना पनि भिन्न भिन्न भने हुन सक्छ ।

पाचपोखरी प्रकाशन गृहका बिक्रेता दिलिप कुमार श्रेष्ठका अनुसार युवाहरु आत्मावृतान्त पढ्न रुचाउछन् भने भर्खरका टिनेजरहरु उपन्यास । अनि अलिक पाकाहरु भने खोजमूलक किताबहरु पढ्न चाहनछन् । 

साहित्य वा गैह्र साहित्य, सत्य वा काल्पनिक उपन्यासहरु, कृषिका वा बिज्ञानका, धर्मका वा अधायात्मका सबै किताबहरु उत्तिकै पढिन्छन् । फुर्सदको समयमा दैनिक १ घण्टा मात्रै किताब पढ्यौ भने पनि हप्ताको १ वटा किताब पढ्न सकिन्छ । यसले पढ्ने बानी त बस्छ नै समाज सिक्ने मौका पनि पाईन्छ । बीबीएसका विद्यार्थी सगुन खड्काको पनि फुर्सद भयो कि पढिहाल्ने बानी छ । 

पढ्नु भनेको खाली विद्यालय वा विश्व विद्यालयका कक्षामा बस्नु मात्रै होईन । नियमित किताब पढ्नेहरुको ज्ञान र औपचारिक शिक्षा लिएका तर अरु किताब नपढ्नेहरुको ज्ञान दाज्नै सकिदैन । डिकुरा पब्लिकेशनका बिक्रेता पुण्य प्रसाद प्रसाईको तर्क छ । उहाँको तर्क अलिक फरक पनि छ, दैनिक १ घण्टा पढ्यो भने हप्तामा एउटा पुस्तक पढ्न सकिन्छ । हप्तामा एउटा पुस्तक पढ्नु भनेको बर्षमा ५२ पुस्तक पढ्नु हो ।

१ बर्षमा ५२ पुस्तक पढ्नु भनेको स्तानतक तह बराबर पार गर्नु हो । यस्तै अर्को बर्ष सम्म निरन्तर पढ्दा स्नातोकोत्तर बराबर ज्ञान हासिल हुने उहाँको तर्क छ । कोही व्यक्तिले लगातार तीन बर्ष सम्म दैनिक १ घण्टा पढ्ने हो भने पिएचडि बराबरको ज्ञान हासिल गर्छ । दैनिक १ घण्टा पढेर संसारसंग सिधा आखाले हेरेर तर्क गर्ने क्षमता बिस्तार गर्न उहाँको सुझाब छ । 

जबरजस्ति घण्टौ पढ्नुपर्छ भन्ने छैन , मन लागेको समयमा मन लागेको किताब पढेर ज्ञान बढाउन सकिन्छ । यसमा पनि दशै तिहारको लामो विदा र फुर्सदको समयमा खान पिनमा नै समय खेर फाल्नु भन्दा नयाँ नयाँ किताब किनेर पढ्यो भने समयको सदुपयोग त हुन्छ नै ज्ञानको भण्डार पनि भरिदै जान्छ 

दशैमा कस्ता किताब पढ्ने ?

त्रिभूवन विश्वविद्यालयका प्राधापक अभि सुवेदी दशैमा हलुका र मनोरञ्जन हुने खालका किताब पढ्न सुझाब दिनुहुन्छ । दशैमा रमाईलो गर्ने समय भएकाले सकेसम्म उपन्यास र रमाईला पुस्तक पढ्न उहाँको सुझाब छ ।

अहिले बजारमा राम्रा र ज्ञानबद्र्धक धेरै खाले पुस्तक आएकाले पहिले पुस्तक पसलमा पुगेर मन लागेको पुस्तक छान्न र दशै भरि पढ्न उहाँ सुझाब दिनुहुन्छ । 'यहि पुस्तक पढ्न पर्छ भन्न्े छैन' उहाँले भन्नुभयो, 'मन लागेको जुन किताब पढ्नुभएपनि हुन्छ । तर किताब पढ्ने बानी भने बसाल्नुस् । '

अडियो सुन्नुहोस्

तपाईंको बिचार