दक्षिण सुडान, जातिय द्वन्द्व र नेपाल

प्रकाशित मिति: 2016-10-02
गोविन्द खड्का

दक्षिणी सुडान संसारकै सबैभन्दा कान्छो देश हो । २०११ मा सुडानबाट छुट्टिएर स्वतन्त्र बनेको दुईबर्षसम्म शान्त रहेको दक्षिण सुडानमा त्यसको दुईबर्षपछि आपत आइलाग्यो । सुडानको जोङलई राज्यमा २०१३ को डिसेम्बर १३ तारिखमा भयंकर आक्रमण भयो । लउ नुयरद्धारा गरिएको थियो । त्यो आक्रमणबाट अशान्ति सुरु भएको दक्षिण सुडानमा नागरिकको भाग्य र स्वतन्त्रता पनि त्यही दिनमा खोसेको थियो । त्यसयता दक्षिण अशान्तिको चरम अवस्थामा जाकिदै गएको छ । 

बन्दुकसँगै दिनचार्य

खुट्टामा चप्पल छैन उमेर १३-१४ बर्ष, काधमा राइफल भरिएको छ । पिठ्युँमा बच्चा बोकेकी महिलाले काँधमा बन्दुक बोकेको देखिन्छ । यस्ता दृश्य सम्भवतः अरू ठाउँमा देख्न मुस्किल होला । तर, दक्षिण सुडानमा यस्ता दृश्य देखिनु कुनै आश्चर्य मानिदैन । गाई चराउन जाँदै गरेका महिला पुरुष जो सुकैले पनि बन्दुक बोकेर जानु त अनिवार्य जस्तै मानिदो रहेछ ।

एउटा पुस्ता लडाईमा सकिसकेको छ । अर्को पुस्ता लडाईमा छ र पछिल्लो पुस्ता पनि बन्दुकसँगै हुर्किरहेको छ । एक हिसावले भन्दा बन्दुकसँगै उनीहरुको दिनचार्य चलिरहेको छ । लडाई किन र के का लागि ? त्यसको उत्तर उनीहरुसँग पनि छैन ।

लडाइँले भने उनीहरुसँगै देश पनि समाप्तीको बाटोमा छ । आन्तरिक द्वन्द्व, जातिय लडाईले देशलाई कहाँ पुर्याउँछ ? त्यसको सबैभन्दा ठूलो उदाहरण बनेको छ सबैभन्दा कान्छो देश दक्षिण सुडान । बर्षऔं वर्षदेखि लडाइँमा जारी छ । लडाई कहिलेसम्म त्यसको पनि कुनै टुङ्गो छैन । 

उर्बवर माटो खेतीपाती सून्य 

दक्षिण सुडानको माटो निकै उर्बर छ । नेपाली सेना, शसस्त्र प्रहरीले आफ्नो क्याम्पभित्र लगाएका तरकारी, फुल–फुलले पनि त्यसको पुष्टि गर्छ । तर, खेतीपाती सून्य देखिन्छ । कतै कतै साना झुप्राबस्तिको अगाडी मकै लगाइएको छ तर बस्ति खाली देखिन्छ । कहाँ गएका यहाँका मान्छे ? सोध्न नपाई उक्त आउँछ ‘खै कता गए ? कोही नेपाली सेना,नेपालको शसस्त्र प्रहरीले सुरक्षा दिइरहेको शिविरमा छिरे कोही कहाँ पुगे अत्तोपत्तो छैन । ’ भोकमरी, कुपोषणा सामान्य समस्या लाग्न थालेको छ ।  

१२-१३ बर्षका बालवालीका पनि विना लुगा खेलिरहेका भेटिन्छन् । राष्ट्रपति साल्भा किर र न्युर समुदायका उपराष्ट्रपति रिक मचारकाबीचको राजनीतिक लडाई जातिय युद्धमा बदलिएपछि नागरिक मारमा छन् ।

डिंका र न्यूरजातीबीच गाउँ गाउँसम्म हिंसा फैलिएको छ । असुरक्षा र द्धन्द्धकै कारण कृषि कार्यहरु प्रभावित हुँदा भोकमरी र गरीबी दिनहुँ बढ्दो क्रममा छ । एक तथ्यांक अनुसार, हालसम्मको गृहयुद्धमा ३० लाख मानिसले ज्यान गुमाइसकेका छन् । घरबार गुमाउने, अंगभंग हुने र विस्थापित हुनेहरूको संख्या गनि साध्य नै छैन । 

लुटपाट सामान्य

गाउँमा लुगा विहीन मान्छे थुप्रै भेटिन्छन् । शहरमा केही सहज भएपनि गाउँमा जंगली वनस्पतिबाट निकालेको पानी र विरुवाको जरा खाएर त्यहाँका वासिन्दाले निकै कष्टकर जिवन विताइरहेका छन् । यूएनका केही मानवअधिकारवादीहरुले पिडितहरुलाई आवश्यक गास, वास र कपासको व्यवस्थाका लागि केही प्रयासहरु गरिरहेका छन् ।

पिडितहरु आक्रमणकारीहरुसँग बदलाको भाव लिएर बाँचिरहेको राष्ट्रसंघीय अधिकारीहरु बताउछन् । बालीनाली लगाउने समयमा नै आक्रमण हुने भएकाले आक्रमणको सम्भावना भएका र प्रायः आक्रमण भइरहने स्थानहरुमा कृषि तथा अन्य क्रियाकलापहरु गरिँदैनन् । एउटा जातीयले खेती गर्दा फल्ने वा पाक्ने बेलामा अर्को जातीय लुटेर लैजाने भएकाले खेती गर्न नागरिकहरु मान्दैनन ।  

पेट्रोलको खानी छ तेल ब्यालकमा किन्नुपर्छ

दक्षिण सुडानसँग तेलका खानी छन् । प्राकृतिक रूपमा त्यो मुलुक सम्पन्न मानिन्छ । तेलको खानी रहेको दक्षिण क्षेत्रमा अलग राज्यका लागि लामो समय लडाइँ चल्यो । त्यही लडाईले २०११ जुलाई ९ तारिखमा दक्षिण सुडान स्वतन्त्र मुलुक बन्यो, संसारकै कान्छो मुलुकका रुपमा ।

पानी निकाल्न ट्यूवेल खन्दा समेत तेल निस्किने अवस्था छ । तेल बेचेरमात्रै पनि संसारको अब्बल धनीबन्न सक्ने दक्षिण सुडान आज संसारको खराब र गरिव देशमा पर्छ ।

खन्दा तेल निस्किने, पाहाडमा हिरा खानी समेत भएको देशमा तेल नेपालमा भारतीय नाकाबन्दी शैलीमा जस्तो बोतलमा राखेर बल्याकमा बेचिरहेको भेटिन्छ । त्यही प्राकृतिक स्रोतसँग शक्ति राष्ट्र भारत, अमेरिका र चीन पनि नजिकिएका छन् । त्यहँका शान्ति प्रक्रियाका नामा उपस्थित ती देशले तेल प्रसोधन गरेर बेच्ने प्रक्रियामा साझेदारी खोजिरहेका छन् ।  

मागेर खाने बानी 

शान्ति मिसन दक्षिण सुडान(अनमिसमा)मा खटिएका सेनालाई गाउँमा गस्तिमा जाँदा खाद्यान्न बाड्ने अनुमति छैन । तर, दयालु स्वभावका नेपाली सेना भने आफ्ना लागी बोकेको खाद्यान्न समेत बेला बेला बाड्ने गर्छ ।

‘भोकले छटपाइरहेको देख्दा नियम भन्दा भावनाले जित्दो रहेछ अनि बाढ्न बाध्य भइन्छ’ अनमिसनमा कार्यरत एक सेनाका अधिकारीले पक्तिकारसँग दक्षिण सुडानको राजधानीमा जुबामा भएको भेटका क्रममा भनेको थिए । जनताको काम गर्ने बानी हराएको छ ।

नागरिकहरु विश्व खाद्य कार्यक्रमले दिएको चामलबाट जीविका चलाइरहेका छन । विश्व खाद्य कार्यक्रमको चामल पनि बेला बेला लुटिनेको गरेको छ । राजधानी जुबामा राष्ट्रपति पक्षधर डिंका जातिको बाहुल्य छ । त्यहाँबाट न्यूर जातिका मानिसहरू पूरै विस्थापित जस्तै छन् । तर शिविरभित्र भने दुइटै जाती मिलेर बसेका छन् । कहिलेकाही हुने झगडालाई नेपाली सुरक्षाकर्मीले सामान्य पारिरहेका हुन्छन् ।  

गाईसँग छोरी साट्ने परम्परा
नेपालमा घर, गाडी हुनेहरुको सान समाजमा अरुभन्दा फरक देखिन्छ । तर, दक्षिण सुडानमा गाई हुने नै सबैभन्दा सम्पन्न मानिन्छ । सबैभन्दा धेरै गाई हुने व्यक्ति सर्वाधिक धनी मानिन्छ । विवाह गर्न नभई हुँर्दैछ । गौधन हात पार्न अविवाहित युवापुस्ता एकअर्कालाई मार्न र मर्न समेत हिचकिचाउँदैन । विवाह हुँदा दाइजोका रुपमा गाई नै दिने चलन छ ।

मुलुकका अधिकांश युवासँग एके–४७ जस्ता घातक हतियार छन, तिनै हतियारका भरमा उनीहरू गाई चोर्छन् र गाईसँगै श्रीमती भित्याउँछन् । एक हिसावले छोरीसँग गाई साट्ने गरेको भन्न मिल्छ । विवाहमा दर्जनौ गाईको लस्कर लगाएर हतियार पड्काउँदै लैजाने गर्छन । नेपालमो मधेसका जिल्लामा जति योग्यता छ त्यस अनुसारको दाइजो दिनुपर्छ । दक्षिण सुडानमा धेरै पढेकी, नोकरी भएकी र सुन्दर कन्याका लागि धेरै गाई दिनुपर्छ । गाईचोरीसम्बन्धी घटना भइरहन्छन् । गाइका कारण बेला बेला हुने काटमार हम्मे पर्छ । 

करोडको गाडी-बास शरणार्थी शिविरमा 

दक्षिण सुडानमा मान्छेहरु सम्पन्न पनि छन् । विश्वमा महंगोमा विक्री हुने गाडीहरु सुडानको राजधानी जुबामा गुडिरहेको देख्न सकिन्छ । तर, गाडी भएरपनि ती व्यक्तिहरु घरमा बस्न सक्दैनन । राजधानी जुबामा रहेका तीनवटा शरणार्थी शिविर छन् । घर, छ जागिर छ, महंगो गाडी चढ्छन तर उनीहरु तीनै शिविरमा बास बस्न आइपुग्छन् ।  ती शिविरमा बस्दा सुरक्षित हुने भएपनि करोडौको गाडी थन्काएर उनी लुगाफाटो बोक्दै शिविरमा आउने गरेको पाइन्छ ।  यसबाट प्रष्ट हुन्छ सुडानमा मान्छेहरु कति असुरक्षित छन् । 

राष्ट्रसंघप्रति असन्तुष्ट

भदौ ३१ गते सुडानमा राष्ट्रसंघ अन्र्तगत शापिन्त स्थापनाका लागि खटिएको नेपाली सेनाको सुरक्षा टोलीलाई पासपोर्ट नबोकोको भन्दै फिर्ता पठाइयो । अध्यागनको छाप लगाइसकेको, राष्ट्रसंघले समेत जिम्मा लिइसकेको, नेपाली सेनाको उच्चतहबाट समेत पहल भइरहेको अवस्थामा पासपोर्ट नपुग्नजेल विमानस्थलभित्रै बस्न दिन कुनै अप्ठ्ेयारो थिए । नेपालबाट स्क्यान गरेर पासपोर्ट पठाइएको पनि थियो ।

तर ६ घण्टा लामो प्रयासगर्दा पनि सुडानको सरकारले मानेन र बाध्य भएर नेपाली सेना नेपाल फर्केर लपासपोर्ट लिएर जानुपर्ने अवस्स्था आयो । त्यहाँ नेपाली सेनालाई होइन राष्ट्रसंघलाई अपमानित गर्न सुडान सरकारले नेपाली सेना फर्काएको थियो ।

दक्षिण सुडानमा करिव एक दर्जन देशका सेना शान्ति स्थापनाका लागि खटिएका छन् । ती मध्ये नेपाली सेनाको भूमिका फरक छ । नेपाली सेनालाई हेर्ने दृष्टिकोण पनि सरकार र नागरिकको फरक छ । नेपाली स्ेनाप्रति नागरिको भरोसा र सरकारको विश्वास देखिन्छ ।  तरपनि राष्ट्रसँगसँगको असन्तुष्टिको दुःख नेपाली सेनाले पनि पायो । 

कुनैबेला फुलमालाको स्वागत पाइने दक्षिण सुडानमा अहिले शान्ति राष्ट्रसंघीय अधिकारी र दाताहरूप्रति सरकारी फौज त्यति सकारात्मक छैन ।

दक्षिण सुडानमा ‘जहाँ समस्या, त्यहाँ नेपाली सेना’(अडियोसहित)

न्यूर जातिका संकटमा परेका जनतालाई सहयोग गरेपछि सरकार पुरै असन्तुष्ट बनेको छ । रनष्ट्रसंघ अन्र्तगत दक्षिण सुडानमा खटिएका १२ हजार विदेशी सैनिकमध्ये १८ सय नेपाली सैनिक छन् भने १ सय ८० जना सशस्त्र प्रहरी छन् । अरु देशका सेनालाई बुझ्ने र गर्ने ब्यबहार भन्दा नेपाली सेनाप्रतिको बुझाई भने सकारात्मक छ । 

जातिय द्वन्द्वले देश भड्खालोमा

स्वतन्त्रता प्राप्तिका लागि सँगै लडेका मानिसहरूबीच अहिले जातका आधारमा आपसमा लडाइँ जारी छ । अहिले कुनै क्षेत्र सरकारी सेना र कुनै क्षेत्र विद्रोही सेनाका नियन्त्रणमा छन् । नाइलनदीको माथिल्लो क्षेत्र न्यूर जातिको पकडमा रहेकाले त्यही सरकारी सेना जानसमेत समस्या पर्छ । खाद्यान्न लिन समेत नेपाली सेनाले मात्रै सुरक्षा दिनसक्ने अवस्था छ ।

१० प्रदेश र ८६ काउन्टीमा बाँडिएको सुडानमा हरेक कुरालाई जातीय रूपमा हेर्ने चलन छ । सबै किसिमले सम्पन्न सुडान किन आज गएगुज्रेको देश बनिरहेको छ यसका पछाडि जातीय राजनीति नै प्रमुख कारण देखिन्छ ।  नेपालमा जातिय द्वन्द्वनै त सुरु भइसकेको छैन । तर देखिएको संकेतहरुले कतै नेपाल दक्षिण सुडानको बाटोमा हिड्ने प्रयासमा त छैन भन्ने शंका गर्ने प्रसस्त आधारहरु देखिन थालेका छन् । 

तपाईंको बिचार