नवलपरासी । नवलपरासीका एक अपांगता भएका युवाले विज्ञानलाई समेत चुनौती दिने काम गरेका छन् । विज्ञानको नियमले मानिस जिउँदो रहँदा पानीमा डुब्छ भने मृत्यु भएपछि तैरिन्छ । तर नवलपरासीको अमरौट गाविस वडा नं. ५ डैनहवा निवासी शारिरिक अपांगता भएका युवा पदम प्रसाद चौधरी (लापे जसटिक चौधरीं) भने हाटखुट्टा समेत नचलाई घन्टौ सम्म पानीमा तैरिन सक्छन ।
उनले शुक्रबार अचम्मको प्रस्तुती सुनवलको लोटस रिर्साेटको स्वीमीङ पुलमा प्रस्तुत गरेर सवैलाई अचम्म तुल्याएका हुन । दुई वटा हातमा नेपालको राष्ट्रिय झन्डा लिएर हातखुट्टा नचलाई पानीमा तैरिहरहेको पदम चौधरीलाई देखेर कार्यक्रममा सहभागिहरु अचम्म मानिरहेका थिए ।
उनीहरुले विज्ञानको नियमलाई समेत चुनौति दिएका यी युवक नेपालमै पहिलो हुन सक्ने भन्दै राष्ट्रले यस्ता प्रतिभावान व्यक्तिलाइ प्रोत्साहन र अवसर दिनुपर्ने बताएका थिए ।
राष्ट्रिय अपांग महासंघ नवलपरासी, जिल्ला अपांग खेलकुद संघ नवपलरासी र जनजागृत्ति अपांग संस्था सिविआर नेटवर्क नवलपरासीले ति प्रतिभावान चौधरीलाई प्रतिभा देखाउन अवसर जुटाइदिएका हुन ।
पानीमा पात तैरिएको देखेर प्रेरित भएका लोप जसटीक चौधरी अर्थात पदम चौधरीले करिव चार वर्षको अभ्यास पछि यसरी पानीमा सजिलै तैरिन सफल भएको बताए । उनले त्यस अघि पानीमा हिड्ने, पानी माथि वस्ने, पानीमा सुत्ने अभ्यास पनि गरेका थिए । उनले सार्वजनिक रुपमा पहिलो पटक आफनो प्रतिभा प्रर्दशन गरेका हुन । उनी शुक्रबार एक घन्टा सम्म पानीमा तैरिएका थिए । अव आगामी दिनमा यस्लाई पोखरा लगायतका ठुला ठुला शहर देखाउने योजना पनि चौधरीले बनाएका छन । शारिरिक रुपमा दुई वटाको अपांगता भएपनि चौधरीले आगामी दिनमा प्यारासुटबाट हाफ फालेर देखाउने प्रण पनि गरेका छन ।
अमरौटका पदम चौधरी अर्थात लोप जसटिक चौधरी आफुँ शारिरिक अपांग भएपनि खेलकुदमा निकै रुची राख्छन । उनी सवालाङ्गहरुसँगै मिलेर फुटवल, क्रिकेट पनि खेल्छन । सरकारले सहयोग गरे आफुँले देशको नाम विश्वमै फैलाउन सक्ने उनको विश्वास छ । राष्ट्रिय अपांग महासंघ नवलपरासीका अध्यक्ष बुद्धिसागर पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख उर्वरा लुईटेलले चौधरीको प्रतिभाको प्रसंसा गर्दै राज्यले यस्ता प्रतिभालाई सहयोग गर्ने बताईन । कार्यक्रममा जिल्ला खेलकुद अपांग संघका अध्यक्ष नारायण कुर्मिले अपांगता भएका व्यक्ति अवसर पाएमा आफनो देशकै नाम राख्न सक्षम हुने भन्दै चौधरीको प्रतिभालाई विश्व समुदाय माझ परिचित गराउन सरकारले उचित सहयोग गर्नुपर्ने बताए । १२ कक्षा सम्मको अध्ययन गर्नुभएका चौधरी वि स २०४२ सालमा नवलपरासीको अमरौट गाविस वडा न्र् ५ निवासी बुवा स्वर्गिय कनिक भवन चौधरी र माता प्रभौति देवी चौधरीको कान्छा छोरोको रुपमा जन्मीएका हुन । २०४६ सालमा अस्वस्थ हुँदा उनी शारिरिक अपांगता हुन पुगेका थिए ।
तपाईंको बिचार