पूर्व गृहमन्त्री माधव घिमिरे लगायत चार जना त्रिशुलीमा बेपत्ता

प्रकाशित मिति: 2016-09-25

काठमाडौँ । पूर्व गृहमन्त्री तथा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुलीमा बेपत्ता भएको छ । गाडीमा सवार मध्य तीन जनाको शव भेटिएको छ भने चार जना बेपत्ता भएको मुग्लिन प्रहरीले जनाएको छ ।  

घिमिरे चढेको ना ९ च १३५१ चढेको गाडी चितवनको दाह्रेचौकस्थित घोप्टेभिरबाट आज साँझ ४ बजे त्रिशुलीमा खसेको हो । गाडी काठमाडौं आउँदै थियो । दुर्घटनामा घाइते चालक विष्णु राईलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार गाडीमा रहेका घिमिरेसहित चार जना बेपत्ता हुनु भएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार तीन जनाको शव फेला परेको छ। घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षकर्मी तथा नाम नखुलेका एक व्यक्तिको शव फेला परेको हो। जीपका चालक हाम फालेर बाँचेका छन्। उनलाई उपचारका लागि भरतपुर लगिएको छ। 

दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री हुनुहुन्थ्यो ।

तपाईंको बिचार