रेडियो प्रति दुरव्यवहार गरेको भन्दै पेशागत संगठनको आपत्ति

सबैलाई कानुन बराबर लाग्छः बनमन्त्री ( अडियो सहित )

प्रकाशित मिति: 2016-09-21

सामुदायिक बन क्षेत्र भित्र रेडियोको भवन रहेको भन्दै गत साउन ३० गते जिल्ला वन कार्यालय धादिङले भवन भत्काउन डोजर प्रयोग गरेको थियो ।

काठमान्डु । धादिङको सामुदायिक रेडियो, रेडियो धादिङ एफएम १०६ मेगाहर्ज बिरुद्ध प्रसासनले चालेको कदम प्रति पेशागत संघ संगठनले गम्भिर आपति जनाएका छन् ।

रेडियो धादिङ १०६ मेगाहर्जको विद्युत् लाइन काट्न जिल्ला वन कार्यालय धादिङले दिएको आदेश नमानेको भन्दै विद्युत् प्राधिकरण धादिङका प्रमुख सत्यनारायण गामीलाई जिल्ला वन कार्यालय धादिङले हिरासतमा लिएको घटना प्रति बिभिन्न पेशागत संगठनले आपति जनाएका हुन् ।

सामुदायिक बन क्षेत्र भित्र रेडियोको भवन रहेको भन्दै गत साउन ३० गते जिल्ला वन कार्यालय धादिङले भवन भत्काउन डोजर प्रयोग गरेको थियो । घटनाको यस अघि नै नेपाल पत्रकार महासंघ, समुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क), मिडिया सोसाइटी नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघ (निक्कु), सामुदायिक वन उपभोक्ता महासंघ, गैरसरकारी संस्था महासंघ (गैसस), खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, विभिन्न मानव अधिकारकर्मी संघसंस्थालगायतले घोर भत्सर्ना गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यसअघि नै ध्यानाकर्षण गराउदा पनि सरकार गम्भिर नभएर रेडियो र पत्रकारिता प्रथि खनिएको भन्दै आज फेरी पत्रकारितासंग सम्बन्धित संघसस्थाले विज्ञप्ति निकालेर बिरोध गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, सरकारले स्पष्ट नीति निर्माण गरेर संरचनाहरु व्यवस्थित गर्नुपर्नेमा सामुदायिक रेडियो रेडियो धादिङले प्रयोग गरेको भवनलाई मात्र लक्षित गर्नु आफैंमा वदनीयतपूर्ण कार्य हो । 

कुनै पनि वहानामा प्रकासन प्रसारण अवरोध गर्न नमिल्ने स्पष्ठ संबैधानिक व्यवस्था विपरित रेडियो प्रसारण अवरोध गर्नु र प्रसारण रोक्न विद्युत काट्न खोज्नेलाई कडा भन्दा कडा कारवाही नगरे संघर्षमा उत्रने चेतावनी रेडियोले दिएको छ ।


धादिङका सांसदहरुको पनि विरोध

यसबीच, धादिङका सांसदहरुले पनि रेडियो प्रति गरिएको व्यवहारको बिरोध गरेका छन् । सांसदहरु धनराज घले, गुरु प्रसाद बुर्लाकोटी र राजेन्द्रप्रसाद पाण्डेले संयुक्त विज्ञप्ती जारी गर्दै जिल्ला बन कार्यालय संबिधानविपरीत एवं अमानवीय कार्य गरेको भन्दै तत्काल कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ ।

 

सबैलाई कानुन बराबर लाग्छः बनमन्त्री

यसैबीच बनमन्त्री शंकर भण्डारीले नीति नियम सबै लाई समान भएको बताउनुभएको छ । बन तथा सार्वजनिक स्थानमा निर्माण घर टहरा हटाउने विषयमा रेडियो धादिङ मात्रै तपाईहरुको निशानामा किन ? भन्ने सीआईएनको प्रश्नमा मन्त्री भण्डारीले कानुन सबैलाई बराबर लाग्ने बताउनुभयो ।

सांसदहरुको विज्ञप्तीको पूर्णपाठ

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Shankar_Bhandari.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Shankar_Bhandari.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार