एक रुपैयाँको नोटमा चित्रित चङ्खेली हिमाल ओझेलमा

प्रकाशित मिति: 2016-09-08

नन्द बहादुर रोकाया, रेडियो मुगु 

मुगु जिल्लाको रुगा गाविसमा रहेको चङ्खेली हिमाल संरक्षणको अभावमा ओझेलमा परेको छ । यो रु. एकको नोटमा चित्रण भएको हिमाल हो तर पछिल्लो समय चङ्खेली हिमाल संरक्षणमा कसैले चासो नदिंदा ओझेलमा परेको हो ।

मुगुमा भएका पर्यटकीय सम्भावना बोकेका यस्ता प्राकृतिक स्रोतको संरक्षण गरी प्रचारप्रसार र प्रवद्र्धन गर्न सके राम्रो आम्दानी गर्ने ठाउँ भए पनि नसकिएको स्थानीयको गुनासो छ ।

यो हिमाल आसपासका क्षेत्रमा पनि प्राकृतिक सौन्दर्य मनोरम दुश्यसँगै बहुमल्य जडीबुटी कटुकी, चिराईतो, भुल्त्या सिलाजितलगायतका जडीबुटी पनि पाइने स्थानीय अगुवाहरुको भनाइ छ । चङ्खेली हिमाल हुम्ला र मुगुको सिमानामा पर्छ । 

तपाईंको बिचार