८८ वर्षमा पाइन् जसु ठगुन्नाले नागरिकता

प्रकाशित मिति: 2016-09-07
नरी बडु, रेडियो सनशेर बैतडी

नेपाली नागरिकले प्राय १६ वर्षको उमेर पुरा गरेपछि नेपाली नागरिकताको प्रमाणपत्र पाउछ तर बैतडीको पाटन नगरपालिका ९ द्वाँका जसु ठगुन्नाले ८८ वर्षको उमेरमा बल्ला नागरीकता पाएका छन् ।

हात खुट्टको साहाराले पशुजस्तै निहुरीएर ६८ वर्षिय छोराको साथमा जिल्ला प्रशासन कार्यालय बैतडी पुगेका उनले मंगलबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

नागरिकताको विषयमा आफुलाई त्यति अनुभव नभएको र छोराछोरीले पनि केहि कुरा नगरेकाले अहिले सम्म नागरिकता पाउनबाट आफु बन्चीत भएको जसु ठगुन्नाले बताए ।

८८ वर्षको उमेरमा पाएको नागरिकताले मर्ने बेलामा भएपनि भत्ता पाईने भएकाले आफु निकै खुसि भएको उनले दोहोर्याए ।

उनलाई बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले (मंगलबार) नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

जसु ठगुन्नाका छोरा, छोरी, बुहारी, नातीहरुले यस अघिनै नागरिकताको प्रमाणपत्र लिईसकेका छन् ।

तपाईंको बिचार