निजामती सेवा दिवस: प्राथमिकता, माग र आवश्यकता अनुसार काम गर्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति: 2016-09-07

आज १३औं निजामती सेवा दिवस, ‘सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने नाराका आज यो दिवस साथ मनाईंदैछ ।

विशेष गरी निजामती सेवामा कार्यरत कर्मचारीहरुले आज राजधानीसहित मुलुकभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

अहिले काठमाडौंको भृकुटीभण्डपबाट बिहान प्रभातफेरि भएको र त्यसपछि  प्रज्ञाभवन कमलादीमा विशेष कार्यक्रममा परिणत हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित हुनुहुने भएको छ ।

दिवसको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्रीले निजामती कर्मचारीलाई परिवर्तीत समयको प्राथमिकता, माग र आवश्यकता अनुसार राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गर्नुभएको छ । नेपालमा निजामति सेवा गठन भएको ६१ वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेदेखि मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । अहिले नेपालमा झण्डै ८० हजार निजामती कर्मचारी छन् । 
दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई सरकारले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कर्मचारीको रुपमा पुरस्कृत गर्दैछ । पुरस्कारको राशि २ लाख रुपैयाँको हुनेछ ।

सुवेदी अहिले भने अर्थ मन्त्रालयमा सरुवा भइसक्नु भएको छ । यसैगरी आजै अन्य १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी सेवानिवृत्त राष्ट्र सेवक कर्मचारी सम्मानबाट पनि ५० जनालाई सम्मान गरिन लागेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

निजामती पुरस्कार पाउनेहरुमा 

किरण पौडेल सहन्यायधिवक्ता  महान्याधिवक्ताको कार्यालय, 
देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, 
खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोकसेवा आयोग 
गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, 
प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय, 
हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, 
माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, 
हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, 
गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, 
कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय, बझाङ 

 

तपाईंको बिचार