सन्दर्भ : मानव बेचबिखन विरुद्धको दिवस, बढी बेचिन्छन् महिला/बालिका (अडियो वार्तासहित)

प्रकाशित मिति: 2016-09-05

लक्ष्मी बस्नेत,काठमाडौं । मानव बेचबिखन विरुद्धको दशौं राष्ट्रिय दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ । “एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । आज बिहान राजधानीको विभिन्न ठाउँमा प्रभातफेरि गरेर प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर विशेष कार्यक्रम गरिंदैछ । 
दिवसको अवसरमा, महिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुहुँदै सामाजिक र मानवीय कलंकको रुपमा रहेको बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार सँधै प्रतिबद्ध रहेको बताउनुभएको छ ।

चेतनाको अभाव र गरिबीका कारण हुँदै आएको बेचबिखन दुव्र्यवहार, शोषण र बेरोजगारीका कारण पनि झन् बेचबिखनको जालो र स्वरुप फैलिंदै गएको मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले बताउनुभयो ।
तथ्यांक हेर्दा बेचिनेमा महिलाहरु बढी हुने गरेको देखिएको छ । आर्थिक वर्ष २०७०/७१ मा पीडितको संख्या ३ सय हाराहारी पुगेको छ भने २०७१/७२ मा भने २ सय ४४ महिला र ३६ पुरुष पीडित भएको उजुरी परेको प्रहरीको तथ्यांक छ । 
त्यसो त काुनन पनि नभएको होइन । मानव बेचबिखन गर्ने व्यक्तिलाई २० वर्ष जेल सजाय र दुई लाख जरिवाना हुने प्रावधान छ ।

मानिसलाई बेचेर वा बेच्ने कार्यमा मतियार बनेका, मानव अंग बिक्री गर्ने, यौन शोषण वा श्रम शोषण गर्नेलाई पनि कानुनले दण्डित गर्छ। बेचबिखन हुन लागेको व्यक्तिले सो कुरा थाहा पाई त्यस्तो स्थानबाट भाग्न खोज्दा वा प्रतिकार गर्दा त्यस्ता अपराधमा संलग्न हुन लागेका व्यक्तिको ज्यान गए वा अंगभंग भए त्यसरी प्रतिकार गर्ने व्यक्ति सजायको भागीदार नहुने व्यवस्था पनि छ । 

सार्क राष्ट्रहरुबीच यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन गर्ने कार्यको बिरुद्घमा आपसी सहयोग तथा ऐक्यबद्धता जनाउन साथै यस क्षेत्रकै राष्ट्रहरुको कलङ्कको रुपमा रहेको मानवता बिरोधी अपराधको रोकथाम, नियन्त्रण र प्रभावितहरुको अधिकारको प्रत्याभुतिको विषय समेटी सार्कको ११ औँ सम्मेलनबाट पारित “बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन बिरुद्घको सार्क महासन्धी २००२” लाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन भएपछि सोही दिनको स्मरणमा मिति २०६४ जेष्ठ ११ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन बिरुद्घको राष्ट्रिय दिवस मनाउने सुरुवात भएको हो ।
नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण० ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याई सकेको छ । साथै मानव बेचबिखन तथा ओसारपसारबाट उद्धार गरिएका पीडित/प्रभावितहरुको लागि शारीरिक तथा मानसिक उपचारसहित संरक्षण सेवा प्रदान गरी सामाजिक रुपमा पुर्नस्थापना गर्ने र पारिवारिक पुनःस्थापना गराउने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थापना गरिएका र गरिने पुर्नस्थापना केन्द्रका काम कारवाहीलाई व्यवस्थित रुपले संचालन गर्ने र कार्यविधिगत प्रक्रियामा एकरुपता कायम गर्न“पुर्नस्थापना केन्द्र संचालन निर्देशिका, २०६८” कार्यान्वयनमा छ ।

यसको अलावा मानव बेचबिखन तथा ओसारपसारबाट पीडित÷प्रभावितहरुको संरक्षण, पुनःस्थापना र पुनःएकीकरण आदि लगायतका हेरचाह तथा संरक्षण सेवा प्रदान गर्दा पीडित÷प्रभावितहरुको मानव अधिकारको आदर र संरक्षण, अविभेद, गोपनीयता, स्वनिर्णय र सहभागिता, निरन्तर हेरचाह, साधन स्रोतको समानुपातिक वितरण, बहुपक्षीय समन्वय, सुरक्षा, सेवामा पहुँच र आत्मसम्मान जस्ता अधिकारको सुनिश्चित गर्ने उद्देश्यले “मानव बेचबिखन तथा ओसारपसारबाट पीडित प्रभावितहरुको हेरचाह तथा संरक्षणका लागि न्यूनतम राष्ट्रिय मापदण्ड, २०६८” कार्यान्वयनमा रहेको छ ।
      ऐन नियममा भएको व्यवस्था बमोजिम हालसम्म उद्धार गरिएका वा बेचबिखनमा परी फर्केका पिडितहरुलाई सेवा दिन सक्ने गरी काठमाडौ, सिन्धुपाल्चोक, कैलाली झापा, पर्सा, रुपन्देही, चितवन र बाँकेमा स्थानीय गैर सरकारी संस्थाहरु संगको सहकार्यमा एक–एक वटा पुनस्र्थापना गृह सञ्चालन भईरहेका छन् ।

८ बटा पुनस्र्थापना गृहवाट आब २०७०/०७१ मा जम्मा ७४० जनालाई सेवा प्रदान गरीएको थियो र कोलकाता महावाणिज्यदूतले चालू आर्थिक वर्षमा २०७० पौष मसान्तसम्म जम्मा २५ जनालाई सेवा प्रदान गरेको थियो ।
         मानव बेचबिखन बिशेष गरी महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय कार्ययोजना २०६८ को प्रभावकारी कार्यान्वयनकालागि यस दिवसको अवसरमा मानव बेचबिखन बिशेष गरी “महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय कार्ययोजना २०६८ को कार्यान्वयन योजना, २०७१” जारी गरीएको छ ।

चेलीबेटी बेचबिखन विरुद्धको राष्ट्रिय संजालका सदस्य तथा अधिवक्ता अजिता अर्याल कानुन कार्यान्वयनको सुस्तता तथा चेतनामूलक कार्यक्रमहरु घर भित्रसम्म पुर्याउन सके मात्र बेचबिखनमा कमी आउने बताउनुहुन्छ । 


बदलिंदो स्वरुपमा महिला तथा बालिका बेचबिखनको अवस्थाबारे अधिवक्ता अर्यालसँगको अडियो वार्ता

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_ajita_aryal_by_laxmi.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_ajita_aryal_by_laxmi.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार