बालबालिका जोगाउनै चिन्ता, मार्न खोज्दा चितुवा भेटिएन

प्रकाशित मिति: 2016-09-01

घनश्याम पौडेल, रेडियो देउराली, अर्घाखाँची 
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका आसपासका क्षेत्रमा चितुवाले आतंक फैलाएको छ ।

दैनिक आतंक बस्ती नजिकै आउने र बालबालिकामाथि आक्रमण गर्न थालेपछि आतंकित बनेका स्थानिय बासिन्दा र नेपाल प्रहरी अर्घाखाँचीको टोलिले मंगलवार चितुवाले बच्चा खाए पनि बुधवार दिनभर चितुवाको खोजी गरे पनि भेटाउन असफल भएका छन् । 

आफूहरु गाँउमा चितुवाबाट असुरक्षित भएको र नरभक्षी चितुवा नमारेसम्म बालिकाको शव नउठाउने भन्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासनमा आएर बुधवार निबेदन दिएका थिए ।  प्रशासनमा निवेदन दिएपछि बुधवार दिनभर प्रहरी परिचालन गरे पनी चितुवा भेटिएन ।  
प्रमुख जिल्ला अधिकारीले सुरेन्द्र पौडेलले चितुवा नियन्त्रणमा ल्याउनका लागी प्रहरी परिचालन गरि चितुवा मार्नका लागि बुधबार आदेश दिएका थिए ।  

जताततै जंगल र मकैबारि रहेकोे कारण चितुवा खोज्न कठिनाई भएको थियो । 
जिल्लाको अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ गञ्छेबजार नजिक मर्काखोलामा चितुवाको आक्रमणबाट मंगलबार राति एक बालिकाको ज्यान गयो । 

घरमै बसेर पढिरहेका बेला ७ वर्षकी अस्मिता मुखियालाई चितुवाले आक्रमण गरेको प्रहरी निरिक्षक सुजनराज भण्डारीले जानकारी दिनुभयो । 

त्यस्तै गएको आइतबार सन्धिखर्क नगरपालिका–९ खाँचिकोटको कुरदुवारमा सूर्य बहादुर बिककी ५ वर्षकी छोरी ललिता बिकको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

 

तपाईंको बिचार