काठमाण्डौं । नेपाल बिद्यार्थी संघको एघारौ महाधिबेशनमा भाग लिन बिद्यार्थी प्रतिनीधिहरु राजधानी भित्रिनेक्रम सुरु भएको छ । लामो समयपछि हुन लागेको महाधिबेशनमा भाग लिनका लागि निकै उत्साहका साथ नेबिसंघका नेता कार्यकर्ताहरु राजधानी भित्रिन थालेका हुन् । जिल्ला जिल्लाबाट प्रतिनीधिहरुको काठमाण्डौं आगमन बढेसंगै नेबिसंघ महाधिबेशनको रौनक झनै बढेको छ ।
“पटकपटक मिति घोषणा हुने तर महाधिबेशन कहिल्यै नहुने नियतिले हामी निराश थियौ” महाधिबेशनमा भाग लिन राजधानी पूगेका नेबिसंघ जाजरकोट नेबिसंघका महाधिबेशन प्रतिनीधि यज्ञ बटालाले भने –“लामो समयपछि महाधिबेशनमा भाग लिन पाउने भएपछि अत्यन्त उत्साहित छौ ।” उनले थपे–लोकतान्त्रिक पद्धती र स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन होस् हाम्रो चाहाना त्यहि हो ।
महाधिबेशनको मिति नजिकिदै जादा नेतृत्वका दावेदारहरुको दौडधुप समेत बढेको छ । यसअघि जिल्ला भ्रमणमा रहेका प्राय सबै नेताहरु अहिले राजधानी केन्द्रित भएका छन् । एकातिर प्यानलमा टिकट लिन दावेदारहरु नेताहरु कहां धाईरहेका छन् भने अर्कातिर बिद्यार्थी प्रतिनीधिहरुलाई रिझाउन । सुनधारा, भृकुटी मण्डप, पुतली सडक बागबजार क्षेत्रमा पहलपहल बढेको छ ।
छाए महर सामाजिक सञ्जालमा
महाधिबेशन आउन दुईदिन मात्रै बाकी रहेपछि प्रचारप्रसारले तिव्रता पाएको छ । सामाजिक सञ्जालहरु मार्फत् उम्मेवारी घोषणासंगै मतमाग्ने क्रम बढ्दै गएको छ । नेताहरुले उम्मेदवारीसगै आफ्ना एजेण्डाहरु समेत सामाजिक संञ्जालकै प्रयोगबाट सार्वजनिक गरिरहेका छन् ।
सामाजिक सञ्जालको प्रयोगमा अध्यक्षका प्रत्यासी नैनसिंह महर अगाडी देखिएका छन् । आफ्नो एजेण्डा सहित उनले सार्वजनिक गरेकोे एउटा भिडियोलाई एक लाख बढीले लाईक गरेका छन् । देउवा समुहबाट अध्यक्षका लागि महर निश्चित भएपछि उनका समर्थकहरुले पनि सामाजिक सञ्जालबाट मत माग्न थालेका छन् । महरको चुनावी माहौल निकै राम्रो पनि देखिएको छ ।
“२१ औ शताब्दिका सचेत बिद्यार्थीहरुलाई प्रबिधीको प्रयोग मार्फत् मत माग्नुलाई अस्वभाविक मान्नुहुदैन” अध्यक्षका प्रत्यासी महरले भने–“यसै कुरालाई महसुस गरि नेतृत्वको दौडमा रहेका हामीहरुले सामाजिक सञ्जालको प्रयोग बढाएका हौं ।” महरले थपे–जहाँसम्म मेरो कुरा छ, मैले प्रबिधी युक्त आधुनिक शिक्षालाई आफ्नो चुनावी एजेण्डा नै बनाएको छु ।”
सामाजिक सञ्जालसंगै ठाँउठाँउमा फ्ल्यास प्रिन्ट लगायतका प्रचार सामग्रीहरु समेत टाँगिन थालेका छन् । उम्मेदवारहरुले सम्पर्क कार्यालय स्थापना गरि बिद्यार्थी प्रतिनीधिहरुसंग भेटघाट बढाएका छन् ।
बढ्दै गईरहेको प्रचारप्रसारले नेबिसंघ नेता कार्यकर्ताहरुमा थप हौसिएका छन् । “तिव्र चुनावी प्रचारले रौनकता थपेको छ” महाधिबेशनमा भागलिन राजधानी पूगेकी उदयपूर महाधिबेशन प्रतिनीधि सीता फुयलले भनिन्– संगठनमा लगानी, बौद्धिकता, शैक्षिक एजेण्डा र सामाबेशी चरित्रलाई हेरेर यसपटक नेतृत्व चयन गर्नेछौं ।”
निर्देशक समिति अन्तिम कसरतमा
विधानको अन्तिम टुंगो लगाउन र समस्यता बिवाद अन्त्य गर्न कांग्रेस केन्द्रिय सदस्य प्रकाशशरण महत नेतृत्वको टोली अन्तिम कसरतमा जुटेको छ । आजदिनभरमै बिधानको टुंगो लगाउने प्रयास भईरहेको निर्देसक समितिका एक सदस्यले जानकारी दिएका छन् ।
उनका अनुसार आजै बिधानलाई अन्तिम रुप दिईनेछ । अनसनमा बसेकाहरुसंग बार्ता मार्फत् आज बेलुकीसम्म विबाद अन्त्य हुने उनको दावी छ । करिब नौबर्ष पछाडी नेपाल बिद्यार्थी संघको महाधिबेशनदेखी साउन २३ गते राजधानीको भृकृटी मण्डपमा सुरु हुनेछ ।
यता, केही नेतृत्वका दाबेदारहरु नै चुनाव भाड्ने पक्षमा लागेको गुनासो बिद्यार्थीहरुबाटै उठ्न थालेको छ । आफ्नो टीम टीकट नपाउने निश्चित भएका एवं आफ्नो माहोल राम्रो नभएकाहरु महाधिबेशन हुन निदिन लागि परेको उनीहरुको दावी छ ।
तपाईंको बिचार