नेविसंघमा उम्मेदवारको टुंगो लगाउन कसरत

प्रकाशित मिति: 2016-08-04


काठमाडौं २० साउन ।  नेबिसंघ महाधिबेशनमा उम्मेदवार तय गर्न पार्टीका तिनबटै समुह सक्रिय भएपनि अन्त्यमा दुई समुहमा प्रतिष्पर्धा हुने भएको आकलन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समुहमा उम्मेदवार टुंगो लगाउन कसरतमा जुटेका छन् ।

दुबै नेताले अध्यक्ष सहित प्यानल घोषणा गर्न अन्तिम तयारी गरिरहेका छन् । नेताहरुले आफ्नो समुहमा छलफललाई तिव्रता दिएका छन् । स्रोतका अनुसार पार्टी सभापति देउवाले नैनसिंह महरलाई अध्यक्षका रुपमा अगाडी सार्ने भएका छन् ।

स्रोतका अनुसार देशभरी बलियो नेटवर्क, बौद्धिक छवि तथा लोकप्रिय मुद्धाका कारण देउवाले महरलाई अध्यक्षमा अघि सार्ने भएका हुन् । यता, रामचन्द्र पौडेल समुहबाट मनोजमणि आर्चायलाई उम्मेदवार बनाउने अन्तिम कसरत भईरहेको स्रोतको दावी छ । समुहमा तुलनात्मक रुपमा आचार्य बलियो भएको पौडेल समुहको बुझाई छ । दुबै समुहले पार्टी महाधिबेशनमा जस्तै नेबिसंघ महाधिबेशनमा पनि कृष्ण सिटौला समुहलाई फकाउने प्रयास जारी राखेका छन् । 
 

 

तपाईंको बिचार