१५ वर्षका उनका हुनेवाला श्रीमान राजुले भन्नुभयोे ‘विवाह खर्च जुटाई सकेका छैनौं । खर्चको जोहो भए यही दसैँमा, नभए मंसिरमा विवाह गर्ने तयारी छ ।’
बझाङ ।
बझाङको कोटभैरव गाविसकी सुर्मा बादी सात वर्ष पुगिन् । उनको अघिल्लो वर्ष नै गाउँकै राजु बादीसँग विवाह गर्ने कुरा छिनिएको छ । १५ वर्षका उनका हुनेवाला श्रीमान राजुले भन्नुभयोे ‘विवाह खर्च जुटाई सकेका छैनौं । खर्चको जोहो भए यही दसैँमा, नभए मंसिरमा विवाह गर्ने तयारी छ ।’
कानुन अनुसार विवाहका लागि केटीको उमेर १८ र केटाको उमेर २० वर्ष पुग्नु पर्छ । तर यहाँका बादीलाई त्यो कानुन न थाहा न वास्ता नै । यौन, प्रजनन र स्वास्थ्यका हिसाबले पनि ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा नै तय गरिएको दुई दशक पुग्न लागि सक्यो ।
तर बझाङका बादी समुदायलाई न सरकारको नियमको बारेमा थाहा छ । नत स्वास्थ्यका दृष्टीले बिहे गर्ने उपयुक्त उमेर कहिले हो भन्ने नै ख्याल छ । प्राचिन समाजको झल्को दिने गरि कलिला काखे नानीलाई दुलहा दुलही बन्न बाध्य पारिन्छ ।
‘धेरैजसोको त ३-४ वर्षको उमेरमै कुरा टुंगिन्छ’ उहाँले भन्नुभयो ‘कुरा छिनेपछि ७-८ वर्षकै उमेरमा विवाह गराइदिन्छन् ।’
भाँडाकुटी खेल्दै गरेको अवस्थामा भेटिएकी सुर्मालाई भने आफ्नो विवाह हुने कुरा थाहै रहेनछ । दसैँमा विवाह हुने र अघिल्लो वर्ष बोका काटेर उनको विवाह तय भएको कुरा छिमेकी सविता बादीले सम्झाएपछि उनी तर्सिन ‘नाई मत बिहे गर्ने हैन’ उनले सवितासँग बालसुलभ पारामा भनिन् ‘बिहे गर्दिन खोजे भने म त भागेर फुपुको घर जाने हो’ उमेरले उनी आफै भागेर कतै जान सक्ने अवस्था छैनन् ।
अभिभावकको कुरा काट्न सक्ने क्षमता पनि छैन । तर विवाहबाट उनी तर्सेको भने प्रष्ट देखिन्छ । यो एउटा उदाहरण मात्रै हो बझाङको कोटभैरव गाविस र जयपृथ्वी नगरपालिकामा रहेका ४१ परिवार बादीमा उनकै उमेरका धेरैको विवाह भइसकेको छ भने विवाह गर्ने निधो भइसकेका ८ जना बालिकाको यसै वर्ष विवाहको तयारी गरिएको सविताले बताउनुभयो । ‘धेरैजसोको त ३-४ वर्षको उमेरमै कुरा टुंगिन्छ’ उहाँले भन्नुभयो ‘कुरा छिनेपछि ७-८ वर्षकै उमेरमा विवाह गराइदिन्छन् ।’
परम्परादेखि चली आएकोले यो संस्कारलाई आफूहरुले पनि निरन्तरता दिएको बादीहरु बताउँछन् ‘बाजे बराजुका पालादेखि यस्तै चलेको हो’ थलाराका अम्मर बादीले भन्नुभयो ‘हामीले पनि चलन कसरी छोड्न सक्छौ र ?’ प्रहरीका अनुसार रोक्ने प्रयास भएको तर उनीहरुको लगन र बाचा पुर्व हुने भएकाले नसकिएको बुझिएको छ ।
तपाईंको बिचार