सुनसरी । पूर्वी पहाडी क्षेत्रमा मङ्गलबारदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । अविरल वर्षासँगै पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका २२ ढोका खोलिएका छन् ।
बिहान ७ बजे कोशी ब्यारेजमा एक लाख ६१ हजार ४२५ क्यूसेक पानीको बहाव मापन गरिएको थियो । नदीमा पानीको बहाव हिजो साँझ देखि नै निरन्तर बढिरहेको छ ।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार रातभर पहाडी क्षेत्रमा पानी परेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
तपाईंको बिचार