संविधान कार्यान्वयनमा चुनौती थपियो ( अडियो सहित )

संविधान कार्यान्वय नहुँदाको जटिलता के ?

प्रकाशित मिति: 2016-07-14

काठमान्डु । संविधान बनाउँदा मिलेर बनाएका प्रमूख दलहरु संविधान कार्यान्वयनको समयमा सत्ता स्वार्थका कारण टुटफुट भएका छन् ।

एमाले र माओवादी केन्द्रको गठबन्धन तोडिंदै गर्दा कांग्रेस र माओवादी केन्द्रको नव गठबन्धन बनेको छ । अब कांग्रेस र माओवादी मिलेर आलोपालो सरकार चलाउँदै गर्दा नेकपा एमाले प्रमूख प्रतिपक्षी दल बन्नेछ ।

कुर्सी र पदका कारण प्रमूख दलहरु नमिल्दा संविधान कार्यान्वयन्मा त्यसले प्रत्यक्ष अप्रत्यक्ष असर पार्नेछ । केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यतालिका बनाएर संविधान कार्यान्वयनमा लाग्दा कांग्रेस विपक्षीमा देखिएको थियो । अबका दिनमा एमालेको बाटो पनि त्यस्तै हुने अनुमान लगाउन मुस्किल छैन ।

त्यसैले पछिल्लो राजनितिक परिस्थितीको विकासक्रम सँगै संविधान कार्यान्वयनमा चुनौती थपिंदै कतिपय बिश्लेषकहरुको भनाई छ । सत्ताको जोड घटाउमा लागेका दलले संविधान कार्यान्वयनमा एकता देखाउलान ? सुनौं संविधानविद् चन्द्रकान्त ज्ञवालीसँगको कुराकानी ।

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Chandra_Kanta_Gyawali_By_Rajan_(2).MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Chandra_Kanta_Gyawali_By_Rajan_(2).MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार