धनगढी । आँट र मेहनत गर्न सक्ने हो भने जुनसुकै व्यवसायमा पनि सफलता पाइन्छ भन्ने उदाहरणीय बन्नुुभएको छ, धनगढीका एक केसी दम्पत्ती । १० वर्षअघि ऋण काढेर एक भैसीबाट व्यवसाय सुरु गुर्नभएका धनगढी उप–महानगरपालिका वडानम्बर ३ बडहरा बस्ने रतन केसी र अनिता केसीले अहिले व्यवसायीक रुपमा गाईभैसी पालन गरिरहनुभएको छ ।
उहासँग अहिले माउँ गाई भैसी सहित बाच्छा-बाच्छी र पाडापाडी सख्या ४५ पुगेको छ । अठार हजार रुपैयाँ हालेर किनेको एक भैँसीबाट सुरु भएको केसी दम्पतिको व्यवसाय अहिले करिब ढाई करोड बरावर पुगेको छ । उहाँहरुले अहिले गाई भैँसी व्यवसायबाट मासिक एक लाख आम्दानी गर्दै आउनुभएको छ ।
१० वर्ष अघि बावुबाट अंश लिएर छुटेपछि रतन केसी मलेसिया गएपनि आशातित कमाई नभएपछि फर्केर केसी दम्पतिले व्यवसाय सुरु गर्नुभएको थियो । ‘विदेशमा आशा गरेजति कमाई हुन सकेन’ रतन केसीले भन्नुभयो–‘बुढीले पहिले भनेको गाईभैँसी पालन व्यवसायलाई अगाडि बढाउने सोचका साथ व्यवसाय सुरु ग¥यौं ।’ रतन केसीले मलेसियाबाट फर्केपछि पनि जापान जाने सोच बनाउनुभएको थियो । तर, एजेन्टले ठगेपछि उहाँ गाईभैँसी व्यवसायमा लाग्नुभएको थियो ।
‘जापान जाने सोच पनि एजेन्टले पुरा हुन दिएन, श्रीमतिकै आग्रहमा गाईभैँसी व्यवसायमा लागेँ’ उहाँले भन्नुभयो ‘जे होस् ठिकै भयो भन्ने लागेको छ ।’ उहाँले भन्नुभयो ‘मेलेसिया १८ देखि २० घण्टा काम गर्नुपथ्र्यो, अहिले अरुलाई रोजागर दिइएर आफू बस्न पाइएको छ । घर जोडिएको । छोराछोरीलाई राम्रो स्कुलमा पठनपाठन गरिदै आएको छ ।’
केसी दम्पत्तीको गाई तथा भैँसी फार्ममा अहिले १० वटा भैँसी र एक रागा, १४ वटा गाई र एक साँढे साथै २५ वटा बाच्छा बाच्छी र पाडापाडी छन् । फेरि पनि जापान जाने सोच बनाएका श्रीमानलाई अनिताले विदेश नजान आग्रह गरपछि रतनको सोच फेरियो ।
त्यसपछि दुवै जना मिलेर गाईभैँसी पालन गर्ने सोच बनाएको रतन केसीको भनाई छ । केसी दम्पत्ती आफू मात्र स्वरोजार बन्नुभएको छैन अन्य पाँच जनालाई पनि गाई तथा भैँसी पालन फार्ममा रोजगारी दिनुभएको छ । फार्ममै काम गर्ने श्रीकृष्ण राना पनि स्वदेशमा नै रोजागरी पाएकोमा खुशी हुनुहुन्छ ।
अनुदान भन्दा पनि प्राविधिक ज्ञानको समेत जानकारी नपाएको अनिता केसीले बताउनुभयो । श्रीमानको मात्रै भर पर्ने महिलाहरुका लागि अनिता केसीले राम्रो सन्देश दिनुभएको छ । उहाँले आफैले सुरु गर्नुभएको व्यवसायमा श्रीमानलाई समेत सामेल गराएर व्यवसायलाई फस्टाउनु भएको छ । काम पाएन भनेर हात बाँधेर बस्नुभन्दा मेहनत गर्न सिक्नुपर्ने अनिताको भनाई छ ।
सानोतिनो समस्या टार्न समेत श्रीमानको भर पर्ने र काम पाएन भनेर विदेशमा जानेहरुको लागि केसी दम्पती उदाहरण बन्नुभएको छ । उहाँले पाल्नुभएको एक राँगा र एक साँढेले मात्रै मासिक ५०÷६० हजार रुपैयाँ कमाई हुने गरेको छ । केसी दम्पतिले रागाले गर्भधारण गरेको एक हजार र साँढेको सात सय रुपैयाँ लिने गर्नुभएको छ । उहाँले गर्भधारणका लागि दैनिक तीन÷चार वटा गाईभैँसी पनि आउने गरेको बताउनुभयो । उहाँले गाईभैँसी पालनका लागि दुई विगाहमा घाँस लगाउनुभएको छ ।
उहाँले अहिले १ सय ३० देखि १ सय ४० लिटर दुध आफ्नै डेरीबाट बेचिरहनुभएको छ । केसी दम्पतिले आफ्नै डेरी सञ्चालन गरेर दुध, दही, घ्यू, पनिर लगायतका दुघबाट बन्ने परिकारहरु पनि बेचिरहनुभएको छ ।
रतन केसीले केही समयअघि ५५ लाख रुपैयाँ बैंकबाट ऋण निकालेर व्यवसायलाई अझै विस्तार गरेको बताउनुभयो । कृषि विकास कार्यालय कैलालीबाट राष्ट्रपति पुरुस्कारबाट सम्मानित हुनुभएकी अनिता केसीले आवश्यकताअनुसार प्राविधिक ज्ञान पाउनुभएको छैन ।
व्यवसाय सञ्चालन गरेको १० वर्षपछि जिल्ला कृषि विकासबाट दुई लाख रुपैयाँ अनुदान पाएपनि जिल्ला पशु सेवा कार्यालयबाट प्राविधिक ज्ञान पाउन नसकेको उहाँको भनाई छ ।
तपाईंको बिचार