पञ्च्यातकालदेखिका विस्थापित शिक्षकलाई पुनःबाहाली गरिने

प्रकाशित मिति: 2016-07-07


काठमाडौं ।  राजनीतिक आधारमा कारवाही गरिएका र द्वन्द्वका क्रममा पेशाबाट विस्थापित भएका विद्यालय तहका शिक्षक–कर्मचारीहरूलाई सरकारले पुनःबहालीको प्रक्रिया अघि बढाउने भएको छ ।

२०४६ सालअघि तत्कालिन व्यवस्थाले कार्वाही गरेका शिक्षक–कर्मचारी, ०५२ पछिको माओवादी सशस्त्र संघर्षका क्रममा विस्थापित भएका र मधेस आन्दोलनका क्रममा विस्थापित भएका शिक्षकहरुलाई पुनःबहालीको प्रक्रिया अघि बढाउन लागिएको शिक्षामन्त्री गिरीराजमणी पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो ।

पारित कानुन अनुसार ०५२ देखि ०६३ सम्मको द्वन्द्व र त्यसपछिका आन्दोलनका क्रममा विस्थापितहरूलाई समेत जाँचबुझ समितिले पुनस्स्थापनाका लागि सिफारिस गर्न सक्ने ऐनमा व्यवस्था गरिएको छ । 

फरक घटना र सन्दर्भमा तर राजनीतिक कारणले विस्थापित भएका शिक्षकलाई शिक्षा जाँचबुझ समिति गठन गरी पुनःबहालीको प्रक्रिया अघि बढाइनेछ । के प्रक्रिया नै सुरु भएको हो ?   गिता चिमोरियाले शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई सोध्नुभएको छ ।

 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Interview_Giriraj_Mani_pokharel.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Interview_Giriraj_Mani_pokharel.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार