बाहिर खाजाघर-भित्र मसाज र 'ससाज'

मनोरञ्जनात्मक व्यवसायमा कलिला किशोरीको प्रयोग डरलाग्दोगरि बढ्दै

प्रकाशित मिति: 2016-06-28
दीपक आचार्य

काठमाडौं । सोलुखुम्बुबाट काठमाण्डौ आएर १७ वर्षिय जिवनी थापा मगरले बिगत ८ महिनादेखी राजधानीको दोहोरी साँझमा काम गरिहनुभएको छ । दुई वटा दोहोरी साँझमा काम गरिसक्नु भएका थापा मगरलाई दोहोरीमा गित गाउन मात्रै मन पर्छ तर साहुले भने झै ग्राहकहरुसँग बसेर खान र जिस्कन मन पर्दैन ।

पछिल्लो समय मनोरञ्जन भन्दापनि कसरी बढीभन्दा बढी फाइदा कमाउने भन्नेतिर व्यवसायिहरु लाग्दा यस क्षेत्रमा बिकृति बढ्दै गएको छ अझ कलिला बालिकाहरुको प्रयोग बढ्न थालेको छ ।  

थापा जस्तै धेरै बालिकाहरु उमेर नै नपुगी पारिबारिक बाध्यताले वा साथिहरुको लहलहैमा लागेर यस्तो क्षेत्रमा प्रवेश गर्दछन् । सीआईएन मार्फत देशभरिका सामुदायिक रेडियोबाट प्रसारण हुने साझा नेपाल कार्यक्रममा स्टुडियोमा उपस्थीत भएका केन्द्रिय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल र नेपाल रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष विजय नगरकोटी लगायतका सरोकारवालाहरुले होटल, रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टरहरुमा पछिल्लो समय निक्कै कलिला बालबालिकाहरुको प्रयोग भएकाले यस्को नियन्त्रणका लागि बिषेश कार्यक्रम ल्याउनु पर्ने बताए । 

पहिले मनोरञ्जनात्मक क्षेत्रमा नै काम गर्नेहरुले मनोरञ्जनात्मक क्षेत्रमा काम गर्नेहरुको हक हितका लागि स्थापना गरेको संस्था महिलाका लागि महिला मञ्चकी अध्यक्ष कविता राना आफ्नो व्यापार बिस्तारका लागि बिस्तारै बिस्तारै चौध पन्ध्र वर्षका बालिकाहरुलाई यौनव्यबसायमा लगाउनेहरुको जालो बिस्तार बढ्दै गएको बताउनु हुन्छ । 

मसाज सेन्टर व्यवसायि संघका उपाध्यक्ष श्याम कार्की भन्नु हुन्छ केही मसाज सेन्टरहरुले कलिला बालबालिकालाई प्रयोग गरेर मसाजका नाममा यौन धन्दा गरिरहेकाले त्यस्ता मसाज सेन्टरहरु तत्काल बन्द गराउन सरकारले आट लिन सक्नु पर्दछ । नेपाल रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष विजय नगरकोटी भन्नु हुन्छ राजधानीमा सञ्चालित खाजा घरहरुमा अक्रै धन्दा हुन थालेको छ । 

खाजा घर भेनेर साईन बोर्ड राखिएको हुन्छ, त्यहाँ प्रवेश ग¥यो त्यहाँ खाजा बेच्न राखिएको हुदैन । चार पाँच जना सृगार गरेर बसेका कलिला किसोरीहरु ग्राहकलाई कुरेर बसिरहेका हुन्छन्, त्यसैले यस्ता खाजा घरहरुको अनुगमन गरेर दोशीलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।  

विश्वास नेपाल संस्थाले काठमाडाँैमा गरेको कार्यक्रम र अध्ययन अनुसार एक हजार पाँच सय बालबालिका न्युरोड तथा जमल क्षेत्रमा मनोरञ्जन क्षेत्रको श्रममा संलग्न पाइएको छ ।  विदेशी पर्यटक र मनोरञ्जन केन्द्रहरुको पनि ‘केन्द्र’ हो ठमेल । जहाँ डान्सबार, मसाज तथा स्पा सेन्टर, दोहोरी साँझ र रेष्टुरेन्ट छन् । तीन मध्ये कतिपयमा यौनजन्य क्रियाकलाप हुने गरेको छ । 

ठमेलमा मनोरञ्जनात्मक केन्द्रहरुमा काम गर्ने महिलामध्ये ३३ प्रतिशत भन्दा बढी बालिकाहरु नै छन् । माइती नेपालले गरेको एक अध्ययनमा त्यस्ता महिला मध्ये ९३ प्रतिशतमाथि व्यवसायिक यौनशोषण हुने गरेको छ । यौनशोषण भोग्नेमध्ये बालबालिकाको अनुपात एक तिहाइ भन्दा बढी छ । तथ्यांक अनुसार ठमेलका सञ्चालनमा रहेका ८० प्रतिशत मसाज सेन्टरमा व्यवसायीक यौन गतिविधि हुन्छ । यहाँ पैसा दिएर किशोरीहरुलाई यौन शोषण गरिन्छ र यसको लाभ सञ्चालकले मात्रै लिन्छन् । यस्तै अधिकांश डान्सबारमा नाच्नेदेखि ग्राहकलाई खुसी बनाउने जिम्मा १८ वर्ष मुनिकाले नै पाएका छन् ।


टिप्सका लागि वाइन, चुरोट पिउनुपर्ने र अन्य अपमानजनक काम गर्नुपर्ने भएपछि अधिकांशले यो पेशालाई निरन्तरता दिन चाहँदैनन् । भरखरै यो पेशा छोडेर एक गैरसरकारी क्षेत्रमा काम गर्न थाल्नु भएका नुवाकोटका ( दीपा शर्मा) नाम परिवर्तन भन्नु हुन्छ, यो क्षेत्रमा काम गर्ने कलाकारलाई र यौन व्यवसायिलाई समाजले एकै नजरले हेर्दछ । यो क्षेत्रमा बाध्यताले लागेकाहरुले कलिलै उमेरमा पनि साहुले भने झै ग्रहकसँग यौन कार्य गर्दछन् त्यो नचाहानेले पेसा नै परिवर्तन गर्दछन् । 

बाहिर जे देखिएको छ त्यो भन्दा निक्कै फरक भैसकोको छ राजधानीको रात्रि जिवन शर्मा बताउनुहुन्छ । कलिला किसोरीहरु खोज्ने ग्रहकहरु धेरै जसो बिदेशी पर्यटक र नेपालका उच्च पदस्थ पदाधिकारी नै भएको शर्मा बताउनु हुन्छ । 

प्रहरी प्रधान कार्यालय काठमाण्डौंले पनि यो क्षेत्रमा काम गरिरहेको बताउनु हुन्छ एसपी, दुर्गा सिंह । सिंहका अनुसार बालिकाहरुले उमेर ढाटि दिदा र सत्य कुरा नबोल्दा व्यवसायिलाई कानुनको दायरामा ल्याउन गारो भएको छ । 

आर्थिक समस्यादेखि रोजगारी खोज्दै आउने र काठमाडौंको रमझम देखेर शहर झरेका किशोरीलाई सबैभन्दा सहजरुपमा प्रवेश पाउने क्षेत्र मनोरञ्जन केन्द्र र मसाज सेन्टरहरु नै हुन् । त्यसैले केन्द्रीय बालकल्याण समितिले पछिल्लो समय यो क्षेत्रका सरोकारवालाहरुसँग सहकार्य गरेर यो बिकृतिको अन्त्य गर्ने प्रयास गरिरहेको छ । 

अब डान्सबार, रेष्टुरेन्ट, मसाज सेन्टर लगायतका क्षेत्रमा काम गर्ने बालश्रमिकको उद्धार र यसमा संलग्नलाई कारवाही गर्ने कामलाई प्राथमिकता दिने समितिले जनाएको छ । बालश्रमको अन्त्य गर्नका लागि र मनोरञ्जनात्मक क्षेत्रमा भैरहेको बालबालिको प्रयोगको अन्त्य गर्नका लागि यो क्षेत्रमा सरकारले बिषेश कार्यक्रम ल्याउनु पर्दछ । यो क्षेत्रमा पर्याप्त बजेट छुट्टयाउनुका साथै भएका कानुनहरुको कार्यान्वयन अब बिषेश जोड दिनु आवस्यक छ । 

टिप्सका लागि वाइन, चुरोट पिउनुपर्ने र अन्य अपमानजनक काम गर्नुपर्ने भएपछि अधिकांशले यो पेशालाई निरन्तरता दिन चाहँदैनन् । 

होटल, रेष्टुरेण्ट, डान्सबार र मसाज सेन्टर लगायतका क्षेत्रमा हुने यौन दुरव्यवहार रोक्न बिभिन्न प्रयास सुरु भएको महिला तथा बालबालिका बिभागका महानिर्देशक रामप्रसाद भट्टराई दावी गर्नु हुन्छ । तर रातीको समयमा अनुगमन गर्ने कर्मचारी नहुने र गैरकानुनी कृयाकलाप राति नै हुने भएकाले समस्या भैरहेको भट्टराई बताउनु हुन्छ । 

श्रमिक बालबालिकाको क्षेत्रमा काम गर्न भनेर दर्जनौ संघसंस्थाहरु पनि खुलेका छन् । तरपनि मनोरञ्जनका क्षेत्रमा काम गर्ने बालबालिकाको संख्या घट्न सकेको छैन । मनोरञ्जनका क्षेत्रमा काम गर्दा आफूहरुले निकै समस्या भोग्नु परेको त्यस क्षेत्रमा काम गर्ने श्रमिकहरु बताउँछन् । त्यसैले यो क्षेत्रलाई बालबालिका मुक्त क्षेत्र बनाउनका लागी सरकारी, गैरसरकारी निकाय र व्यवसायिहरुले हातेमालो गर्नु आवस्यक छ । 
 
नेपालको संविधान २०७२ ले पनि बालश्रमलाई संवैधानिकरूपमा नै निषेधित गरेको छ तर पनि बालश्रमले आधुनिक दासताको रूपमा समाजमा जरा गाडिरहेको छ । बालश्रम मात्रै होइन बालश्रम गर्ने क्षेत्रमा यौन शोषण समेत भैरहेको छ । यस्तो प्रकारको शोषणले बालबालिकाको आधारभूत मानवअधिकारको हनन गर्नुका साथै उनिहरुको भविश्य नै क्षतबिक्षत भएको धेरै उदाहरणहरु छन  । 

तपाईंको बिचार