आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदै छ । संयुक्त राष्ट्रसंघकै आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ ।
नेपालमा काठमाडौंको नारायणहीटी दरबारको दक्षिण दरबारमार्ग क्षेत्रमा विहान ७ बजेदेखि सामूहिक योगका सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा योगाभ्यास गर्न समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागि छन् । नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन विश्व योग दिवस मनाउन लागिएको यस कार्यक्रममा संलग्न संस्थाहरुले जनाएका छन् ।
११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको हो ।
योगका १० फाइदा
१. योग शारीरिक, मानसिक र आध्यात्मिक रुपमा लाभ लिनका अपनाइन्छ । वर्तमान चिकित्सा शास्त्रले पनि योग शारीरिक र मानिसिक रुपमा मानव जातीका लागि बरदान भएको स्विकार गरिसकेको छ ।
२. जिमलगायत अन्य व्यायामले शरीरको कुनै खास अंगलाई स्वस्थ राख्छ तर, योगले सबै अंग, प्रत्यङ्ग र ग्रन्थीहरुको व्यायाम हुन्छ र सबै अंगलाई सुचारु गराइदिन्छ ।
३. योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमतालाई बढाइदिन्छ । बुढेसकालमा पनि जवान झै स्वस्थ, स्फूर्त र बलवान बनाउँछ ।
४. एकातिर योगका आसनहरुले मांशपेशीलाई बलियो बनाउँछ भने अर्कोतिर शरीरमा फ्याटको मात्रालाई कम गराइदिन्छ ।
५. योगले तनावलाई भगाइदिन्छ, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचन प्रकृयालाई सहि ढंगबाट सुचारु राख्छ ।
६. प्राणायामको फाइदा: प्राणायम पनि योगासन झैं शरीरका लागि फाइदाजनक मानिन्छ । प्राणायमले स्वासप्रश्वासको गतिमा नियन्त्रण गर्छ । श्वासप्रश्वास प्रकृयालाई शक्तिशाली बनाउँछ । फोक्सोले अक्सिजन ग्रहण गर्ने क्षमतामा वृद्धि हुन्छ । जसले स्वासप्रश्वास सम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
७ ध्यानपनि योगको महत्वपूर्ण अंग हो । ध्यानलाई पछिल्लो समय मेडिटेशनका नाममा धेरै मानिसले अभ्यास गरीरहेका पनि छन् । ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ, आत्मिक शान्ति महशुस हुन्छ, निद्रालाई गहिरो बनाउँछ ।
८ः योगले सुगरको र कोलस्ट्रोलको मात्रालाई घटाउँछ । मधुमेहका रोगीका लागी योग अति फाइदाजनक छ ।
९. नियमित गर्न सकेमा योगका आसन तथा ध्यानले वाथरोग, ब्याकपेन, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या निर्मुल नै गर्छ ।
१० योगलाई हामीले आफ्नो जीवनशैलीको हिस्सा बनाउन सक्छौं, जसले शरीरलाई दीर्घायु र स्वस्थ राख्छ ।
तपाईंको बिचार