मदिरा सस्कृतिले नागरिकको जीवन जोखिममा

अत्यधिक मदिरा सेवनबाट महोत्तरीमा तीन जनाको मृत्यु

प्रकाशित मिति: 2016-06-19


काठमाडौं । नेपालमा मदिरा सस्कृति बढ्दै गएपछि नागरिकको जीवन जोखिममा परेको छ । विश्व स्वास्थ संगठनले मदिरा सेवनलाई मानसिक स्वास्थ्य समस्या भनेको छ । विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुका कारण मदिरालाई मानेको छ । तर विकसित देशमा भने यसलाई तेस्रो कारण मानिन्छ । भारतमा सय जनामा एक जनाले रक्सी खान्छन् भने नेपालमा दस जनामा एक जनाले खान्छन् ।

नेपाल विकासोन्मुख हुनुका साथै जनजातिका बाहुल्य भएको देश पनि हो । घरमै मदिरा बनाएर खाने संस्कार भएपछि प्रयोग त बढ्ने नै भयो । समयको प्रवाह, अन्तरसंगत, व्यवहार र बजार शास्त्रलाई धान्दै मदिरा सेवन गर्नेहरू गाउँघर मात्र नभई सहरबजारमा पनि छ्यासछ्यास्ती देखिन थालेको छ ।

महोत्तरीमा तीन जनाको मृत्यु

अत्यधिक मदिरा सेवनबाट आज बिहान महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति १० बजेसम्म सहसौला चोकमा अवस्थित विनोद महराको मदिरा पसलमा मदिरा पिएर घर गएका उनीहरुको आज बिहान २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

यसैबीच सोही मदिरा पिएर औरही गाविस–३ का बद्री मल्लिक र मदिरा पसले विनोद महरा पनि सिकिस्त बिरामी भएकामा मल्लिकको उपचार इलाका हेल्थ पोष्ट रामगोपालपुरमा भइरहेको छ भने महरालाई परिवारजनले उपचारका लागि जिल्ला बाहिर लगेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

मृतकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ 

तपाईंको बिचार