काठमाडौं । १ सय १४ रुपैयामा किन्दै आएको दाल २ सय ३५ रुपैयामा किन्नुपरेपछि धादिङ् केवलपुरका राधिका बुढाथोकि जस्तै धेरै सर्वसाधारणलाई चिन्ता थपिएको छ ब्यवहार कसरी धान्ने ? हरेक बर्ष बजेट बक्तब्यसँगै नियमित जस्तै मुल्य बृद्धि हुन्छ ।
तलव बढ्ने र हुने खानेलाई खासै असर नगरेपनि सर्वसाधारणहरु मार्कामा पर्छन् । हरेक बर्ष बजेट बक्तब्य सार्वजनिक गर्नु सरकारको नियमित कामजस्तै ब्यापारीहरुले मुल्य बढाउनु पनि नियमितता जस्तै बनेको छ । सरकारले आर्थीक बर्ष २०७३÷०७४ को बजेट सार्वजनिक गरेसँगै दैनिक उपभोग्य बस्तुको मुल्य बढेको उपभोक्ताहरुको गुनासो छ ।
बजेट बक्तब्यसँगै हुने मुल्य बृद्धिमा सरकारी अनुगमन फितलो भएको उपभोक्ता हकहित संरक्षण मन्च काठमाण्डौका अध्यक्ष कुमारी खरेल बताउनुहुँन्छ । खरिद मुल्यको २० प्रतिशत भन्दा बढी रकममा सामान बिक्रि गर्नु कालोबजारी हो । आपुर्ति ब्यवस्था बिभागका निर्देशक लक्ष्मण श्रेष्ठ उत्पादन र उपभोक्ताको माग बिच तालमेल नमिल्दा मात्रै मुल्य बढ्ने बताउनुहुँन्छ ।
अर्थ मन्त्रालयका प्रबक्ता मुकुन्द पौडेल बजेट बक्तब्य र मुल्यबृद्धिबिच कुनै सम्बन्ध नभएको भन्दै, बढि मुल्य लिने बित्तिकै उजुरी गर्न सर्बसाधारणलाई आग्रह गर्नुहुन्छ । मुल्यबृद्धि आफैमा नकारात्मक होईन ।
मुल्यबृद्धिले उत्पादनमा प्रोत्साहन पाउछ, आय र रोजगारीका अवसर प्राप्त हुँन्छन् र अर्थब्यवस्थामा सुधार आँउछ । तर अस्वभाविक मुल्य बृद्धिले नागरीकको दैनिक जिवनमा असर गर्ने भएकाले यसको नियन्त्रणका लागि नागरीकस्तर देखि खबरदारी हुँनु जरुरी छ भने सरकारी स्तरबाट नियन्त्रण र कारबाही हुनु आवस्यक छ ।
तपाईंको बिचार