नजिकिदै मनसुन, झण्डै ५ सय बस्ति जोखिममा(अडियोसहित)

प्रकाशित मिति: 2016-06-15

काठमाडौ । हरेक वर्ष वर्खा लागेसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्छ । भूकम्पपछि त झन जमिन कमजोर भएर प्रभावित जिल्लाहरुमा पहिरोको जोखिम निकै बढेको छ । अबको केही दिनमा नेपालमा मनसुन सुरु हुने आँकलन गरिएको वरिष्ठ मौसमविद् सुजन सुबेदीले बताउनुभयो । यसवर्षको मनसुनमा सामान्य वर्षा हुने भनिएपनि मनसुन प्रवेशसँगैको भारि वर्षाले बाढी र पहिरोको जोखिम बढि हुने सुबेदी बताउनु हुन्छ । 

गृह मन्त्रालयले २०७२ साउनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार एक सय ९३ स्थानमा मानिसहरुलाई अस्थायी आवासको रुपमा राखिएको छ भने चारसय ७५ बस्तीहरु जोखिमयुक्त रहेको उल्लेख छ । गत वैशाख १२ को भूकम्पमा बढि प्रभावित १४ जिल्ला र सामान्य प्रभावित ४० जिल्लामा पहिरोको जोखिम बढि छ ।  

ति जिल्लाका जोखिमयुक्त बस्तीलाई मनसुन अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि ढिलाइ भएको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्न किन ढिलाई भैरहेको छ ।  पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रुाद थपलिया जोखिममा रहेका बसितहरु सार्ने काम भइरहेको बताउनुहुन्छ ।

सरकारले बाढी र पहिरोको जोखिमका विषयमा गोष्ठि र सेमिनार मात्रै नगरेर बस्तुगत रुपमा अनुगमन पनि गर्नुपर्ने बताउनु हुन्छ, विपद्विद् अमृत शर्मा । बाढी र पहिरोको जोखिमबाट बच्न सरकारसँगै सम्बन्धीत क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि ध्यान दिनुपर्ने शर्माको् सुझाव छ । 

हरेकवर्ष विपद् पश्चात दोष प्रकृतिलाई दिनुभन्दा सरकारले पनि समयमै त्यस्ता क्षेत्रहरुमा सावधानीका लागि काम गर्नु जरुरी छ । साथै त्यस क्षेत्रका नागरिकले पनि आफू कसरी सुरक्षित रहने भनेर उपायहरु अपनाउनु पर्दछ । 

भोलि उठी कहाँ जाने केही थाहा छैन

अडियो सुन्नुहोस्

तपाईंको बिचार