पुरुषको कपाल दाह्री मिलाउने एकजना महिलाको कथा

झकमाया पुन लाखौको भिडमा फरक नाम बनाउँदै, दाम पनि कमाउदै

प्रकाशित मिति: 2016-06-13

जटिलतालाई सहजरुपमा लिने झकमायाबाट अहिले छिमेकी र आफन्तहरुले महिलाले पनि गरे के नहुने रहेछ र भन्ने पाठ पनि सिकेका छन् । कपाल काटने पेशाबाटै उहाँले आफ्नो ७÷८ जनाको परिवार पाल्न सक्नुभएको छ

बाग्लुङ ।   
ग्रामिण क्षेत्रका प्राय: महिलाहरु घरायसी काम काज र परिवारको रेखदेख गर्दानै बेफुर्सदिला बन्ने गरेका छन् । अशिक्षा, अज्ञानता र रुढीबादी परम्पराले ग्रसित समाजमा केही त्यस्ता काम छन् जो पुरुष प्रधान समाजमा महिलाले गर्नुहुँदैन भनिन्छ । तर पनि त्यो अज्ञानतालाई चिर्दै समाजमा केही त्यस्ता महिलाहरु पनि छन् जसले पुरुषले गर्ने काम आफैले गरेर समाजमा उदाहरणीय र साहसी पनि बनेका छन् । 

कपाल काट्ने पेशा प्राय ठकुरी जातका पुरुषहरुले गर्नुपर्छ भन्ने मान्यता रहेको पाईन्छ । र यो अरुले गर्नुहुँदैन भन्ने मान्यता पनि रहेको छ । तर पश्चिम बागलुङ बुर्तिबाङकी झकमाया पुन मगरले भने यो कुरा पटक्कै मान्नुहुन्न । बुुर्तिबाङ बजारमा कपाल काट्ने पेशा सञ्चालन गरेर बसेको उहाँले थुप्रै समय भयो ।  आफु महिला भएर उहाँले पुरुषहरुको कपाल काटने काम गर्नुहुन्छ । त्यो बाहेक महिला पुरुषका लागी ब्युटीपार्लर काम पनि उहाँले गर्नुहुनछ ।

आफैपनि विभिन्न पुराना परम्पराले जडा गाडेको ठाउँमा सैलुन व्यवसाय सञ्चालन गरेर बस्नु आफैमा निकै कठिनाई काम हो । त्यसमा पनि महिलाहरुका लागी त्यो यो झनै जटिल छ । त्यो जटिलतालाई सहजरुपमा लिने झकमायाबाट अहिले छिमेकी र आफन्तहरुले महिलाले पनि गरे के नहुने रहेछ र भन्ने पाठ पनि सिकेका छन् । कपाल काटने पेशाबाटै उहाँले आफ्नो ७÷८ जनाको परिवार पाल्न सक्नुभएको छ भने श्रीमानको भर पनि पर्नुपरेको छैन ।

शिक्षाको हिसाबले एस.एल.सी पास गर्नुभएकी उहाँले बीचमा विदेश जाने सोँच पनि बनाउनुभएको थियो तर सबैले सैलुन पेशा नै गर्न सुझाव दिएपछि फेरी यही व्यवसाय गर्नुभयो । अहिले उहाँले आफुजस्तै केही महिलालाई यसका बारेका तालिमहरु पनि दिने गर्नुभएको छ भने धेरैले सिपसिकेर आफ्नै व्यवसाय पनि सञ्चालन गरेर बसका छन् । 

उहाँसगंका अनुभव र कपाल काटने पेशा महिलालाले गर्दा आईपर्ने समस्याका बारेमा बागलुङको बुर्तिबाङ स्थित रेडियो परिवर्तनका सागर भण्डारीले गर्नुभएको कुराकानी

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Jhakmaya_pun_interview.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Jhakmaya_pun_interview.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/jhakmaya_3.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/jhakmaya_3.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार